- १६ फाल्गुन २०७८, सोमबार १८:०५
फागुन १६, काठमाडाैँ । चिरन्जिवी भट्टराई प्रत्येक महिनाको कृष्णपक्षको चतुर्दशी तिथिलाई शिवरात्रि भनिन्छ । वैदिक धर्मानुयायीले अनुशरण गर्ने पञ्चाङ्गमा कृष्णपक्षकोचतुर्दशी तिथिलाई शिवरात्रि नै उल्लेख गरिएको हुन्छ । तर, फाल्गुन कृष्णपक्षको चतुर्दशी तिथि अति विशिष्ट छ । यस तिथिलाईमहाशिवरात्रि भनिन्छ । भगवान् शिवको अतिशय प्रिय रात्रि, शिव तत्त्वसँग घनिष्ठ सम्बन्ध भएको रात्रि हो महाशिवरात्रि । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमाको कीर्तन यस पर्वको विशेषता हो । शिवरात्री पर्वलाई पर्वकोराजा भनिन्छ । शिवमहापुराणको कोटिरुद्र संहितामा शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुने बताइएको छ ।

ईशानसंहितामा भनिएको छ – ‘शिवलिङ्गयतोद्भूतः कोटिसूर्यसमप्रभः’ । फाल्गुन कृष्ण चतुर्दशीको रात्रि समयमा आदिदेव भगवान् शिवकरोडौँ सूर्यहरू समान प्रभा भएको ज्योतिर्मय लिङ्गका रूपमा प्रकट हुनुभएको थियो । ज्योतिषशास्त्र अनुसार यस तिथिमा चन्द्र समीपहुन्छ सूर्यको । अतः जीवरूपी चन्द्रको शिवरूपी सूर्यका साथ योग हुने यस पावन तिथिमा शिवपूजाको विशेष महत्व रहेको बताइएको छ। चतुर्दशी तिथिका स्वामी शिव हुन् ।
महाशिवरात्रि परमात्मा शिवको अवतरणको मङ्गलसूचक दिवस हो । निराकारबाट साकार रूपमा अवतरणको रात्रि हो महाशिवरात्रि ।त्यस्तै शिव–शक्ति मिलनको— हिमालयपुत्री पार्वती र कैलाशवासी शिवको मङ्गल परिणयको पावन दिवस पनि हो यो ।
शिवरात्रिमा चार प्रहरको पूजाको विधान छ । चार प्रहरमा चार पटक पञ्चामृत स्नान गराएर, चन्दन, पुष्प, अक्षत, वस्त्र आदिले श्रृङ्गारगरेर आरती गर्नुपर्ने विधान रहेको छ । रात्रिभरि जागरण तथा ‘ॐ नमः शिवाय’ अथवा ‘शिवाय नमः’ मन्त्रको जाप, रूद्राभिषेक, रूद्राष्टाध्यायीको पाठ गर्नु उपयुक्त मानिन्छ ।
शिवरात्रि पर्वको सन्देश
शिव स्वयं अर्धनारीश्वर भएर पनि कामविजेता हुनुहुन्छ, गृहस्थ भएर पनि परम् विरक्त, हलाहल पान गरेर नीलकण्ठ भइकन पनि विषबाटअलिप्त, ऋद्धि—सिद्धहरूको स्वामी भएर पनि तीबाट विलग, उग्र भएर पनि सौम्य, अकिञ्चन भएर पनि सर्वेश्वर हुनुहुन्छ । भयंकर नाग रसौम्य चन्द्रमा दुवै उहाँका आभूषण हुन् । निधारमा प्रलयकालीन अग्नि र सिरमा परम शीतल गङ्गा उहाँको अनुपम श्रृङ्गार हुन् । वृषभ रसिंह तथा मयूर, मूसो र सर्प सहजै वैरभाव बिर्सिएर साथ—साथ क्रिडा गर्दै बस्ने उहाँको परिवारले समस्त विरोधी भावहरूलाई पनिविलक्षण समन्वयको शिक्षा दिइरहेको पाइन्छ । सह—अस्तित्व अपनाउनु भन्ने महान् सन्देश निहित छ यस शिक्षामा । उहाँको प्रतीकश्रीविग्रह — शिवलिङ्ग ब्रह्माण्ड एवं निराकार ब्रह्मको प्रतीक हुनाले सबैका लागि पूजनीय छ ।

नेपालमा हरेक वर्ष आउने फाल्गुण कृष्ण चतुर्दशीका दिनलाई महाशिवरात्रि पर्वका रूपमा विशेष रूपमा चिनिन्छ । ॐ नमः शिवायभक्तिमार्गमा यो पञ्चाक्षरी मन्त्रको जप हुन्छ । ज्ञान मार्गमा शिव तत्वको ध्यान र मनन् हुन्छ । यस दिन भगवान शिवको मन्दिरमा गईशिवको दर्शन गर्नाले दिव्य ज्ञान प्राप्त भई सुख, समृद्वि र भक्ति प्राप्त हुने सनातनदेखि चल्दै आएको पौराणिक कथन छ । तिथि अनुसारयसवर्ष २७ गते वृहस्पतिबार परेको छ ।
महाशिवरात्रि पर्व परम्पिता परमात्मा शिव कलियुगको अन्त्य र सत्ययुगको शुभारम्भ पूर्व वर्तमान सङ्गम युगमा गरिएका दिव्य एवम्अलौकिक कर्तव्यहरूको यादगार पर्व हो, शिवरात्रि । आध्यात्मिक जगत्का आचार्यहरूका अनुसार शिवको बासस्थान कैलाशलाईकाखमा लिएर बसेको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल भूमि विश्व ब्रह्माण्डको मानचित्रमा महत्वपूर्ण स्थान ओगटेको छ । त्यसैलेहिन्दु देश नेपाल भनेर कहलिएको छ ।

शिवमा विचित्रता, उर्वरता र कल्याणकारिता रहेको छ । शिवलिङ्ग शिवको ज्योतिर्मय निराकारको स्वरूप हो । शिवरात्रिलाई नेपालभाषामा ‘शिला चहे्र पूजा’ भनिन्छ । नेपालका प्रसिद्ध महादेव शिवका मन्दिरहरूमध्ये काठमाडौंमा भगवान पशुपतिनाथ र गोकर्णकोगोकर्णेश्वर, ललितपुरमा कुम्भेश्वर, सन्तानेश्वर र तीलेश्वर, काभ्रेमा धनेश्वर र आशा पुरेश्वर, गोरखामा बाबा गोरखनाथ, जुम्लामाचन्दननाथ, महोत्तरीमा जलेश्वर महादेव, खोटाङमा हलेसी महादेव, सप्तरीमा शम्भुनाथ र धरानको विजयपुरमा अमृतपिण्डद्वारा निर्मितपिण्डेश्वर ताम्रलिङ्ग प्रसिद्ध छन् ।
यसदिन पञ्चामृत, गङ्गाजल र बेलपत्र आदिले शिवको पूजन गर्नाले विशेष पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । ठूला–ठूला योगीमहात्माहरू पनि आफुलाई सिद्धि प्राप्त गर्न शिव शक्ति माग्दछन् । यस्ता साकार र अलौकिक शक्ति भएका चराचर जगत्का सञ्चालकदेवादिदेव महादेव शिवको पूजा आराधना गर्नाले सम्पूर्ण दुःख दरिद्र, कष्ट, भय, सङ्कट आदि नाश भएर जान्छ भन्ने ठूलो धार्मिकविश्वास रहिआएको छ ।
नेपाल र भारत आध्यात्मप्रधान देश हुन् । जति नेपाल र भारतमा शिवरात्रि मनाइन्छ, त्यति विश्वका अन्य कुनै देशमा मनाइँदैन । समस्तविज्ञान, कला संस्कृतिका मूल, सङ्गीत र नृत्यको मूल पनि भगवान शिव नै भएकोले महाशिवरात्रिको आदर्श महिमा अनन्त र अपार छ ।शिवलाई जगत्पिता पनि भनिन्छ । त्यसैले महाशिवरात्रिको महत्व बढी रहन भएको हो ।
पौराणिक पृष्ठभूमि
शिवरात्रिलाई शिवजी उत्पन्न हुनुभएको रातको नामबाट अर्थात् ‘शिवंरात’ बाट ‘शिवरात्रि’ शब्द बन्न गएको छ । रात्रिहरूमा चारवटारात्रिको बढी महत्व रहेको छ । १।कालरात्री ९दशैंको नवरात्रि० २। मोहरात्रि ९कृष्णाष्टमीको रात्रि० ३। सुख रात्रि ९लक्ष्मीपूजाको रात्रि० ४। शिवरात्रि ९फाल्गुन कृष्ण चतुर्दशीको रात्रि० यी चार प्रमुख रात्रिहरूमध्ये शिवरात्रिको अझ विशेष महत्व रहेको छ ।
शिव पुराणमा उल्लेख भएअनुसार पृथ्वी उत्पत्ति गर्ने, विष्णु, ब्रह्मा आदि सबै देवताहरूको उत्पन्न गर्ने र पालना गर्ने उनै शिव हुन् । भगवानशिव नै सृष्टिको आदि कारण हुन् । यसै दिन ज्योतिर्लिङ्गको उत्पत्ति भएको कुरा इसान संहितामा वर्णित छ । यसै दिन भगवान शिवकोविवाह पार्वतीस“ग भएको मानिन्छ । पुराणका अनुसार शिव ब्रत सम्पन्न गर्नेले अक्षय पुण्य पाउँदछ । निराहार ब्रत र रात्रि जागरण यसपर्वका मुख्य अङ्ग हुन् ।
शिवरात्रिको आरम्भ र महत्व
पुराणमा उल्लेख भएअनुसार सम्पूर्ण सृष्टिपछि पार्वतीले एकदिन वर्षभरिको त्यो कुन दिन हो, जुन हजुरलाई साह्रै मन पर्छ भनेर सोध्दाफागुन महिनाको कृष्ण पक्षको चतुर्दशी मेरा लागि सर्वप्रिय दिन हो भनी शिवले बताएबाट नै शिवरात्रिको सुरुवात भएको मानिन्छ ।ज्योतिष शास्त्रमा उल्लेख भएअनुसार यसै दिन चन्द्रमा सूर्यको समिपमा पुग्दछन् । अतः कहिलेकाहीँ शिवरात्रिको भोलिपल्ट सूर्यग्रहणहुन्छ । यसरी तिथिहरूमा जीवरूपी चन्द्रमाको परमात्मारूपी सूर्यसँग सन्निकट योग हुन्छ ।
अतः यस दिनमा गरिएको साधना सफल हुन्छ भन्ने विश्वास रहेको छ । शिवसँग सम्बद्ध शिवजीको परम्प्रिय तिथि फाल्गुन कृष्णचतुर्दशी नै शिवरात्रि महा पर्व हो । यस्ता कल्याण मूर्ति भगवान शिवसँग सम्बन्धित पर्व भएकोले महाशिवरात्रिको महत्व बढी रहन गएकोहो । विश्वको सर्वोच्च हिम शृङ््खलाको टाकुरा सगरमाथाद्वारा सुशोभित हाम्रो देश नेपाल मानव सभ्यता र संस्कृतिको एक प्रमुखउद्गमस्थल नै भएको छ । यहाँका हिमाली लेक, पाखा, उपत्यका बेंसी फाँटमा बस्ने हाम्रा पितृ पुर्खाहरूले प्राचीनकालदेखि नै परम्परा रमान्यता तथा धारणा विश्वास गरी आत्मसात गरे ।
युगको प्रवाहमा नेपालमा गोपालवंश, किरातवंश, लिच्छवी वंश, मल्ल वंश र शाहवंशको उदय भयो । आज गणतन्त्रको उदय भइरहेकोछ । ती सबै वंशले परम्परागत सांस्कृतिक महाशिवरात्रिको महत्व आत्मसात गर्दै आइरहेछ ।
शिवो भुत्वा शिवं यजेत्
भनिन्छ, ‘शिवो भुत्वा शिवं यजेत्’, अर्थात् शिवको पूजन शिव बनेर नै गर्नु ।
‘शिव’को अर्थ हुन्छ कल्याणकारी । शिव स्वयं कल्याणकारी नै हुनुहुन्छ । यसर्थ जीवले काम, क्रोध, लोभ, मोह आदि विजातीयतत्त्वबाट मुक्त रही परम् सुख, शान्ति र ऐश्वर्य प्राप्त गर्न प्रेरित गर्ने कल्याणकारी मार्गको अवलम्बन गर्नु नै वास्तविक शिवपूजा हो ।कालकूट विषलाई कण्ठमा धारण गर्ने कल्याणकारी शिवबाट कल्याण पथमा अग्रसर भई समाज कल्याणको महान कार्यमा प्रवृत्त हुनेप्रेरणा लिनु हामी सबैका लागि आवश्यक छ । यसैबाट सार्थक हुन सक्छ हाम्रो शिव अर्चन ।










प्रतिकृया दिनुहोस्