- २१ आश्विन २०८२, मंगलवार १७:०२
काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने बताएका छन्। आफूहरुकोे नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भड्काइन खोजिएको उनको आशंका छ।
उनले भनेका छन्, ‘हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौँ। हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भड्काइँदैछ। त्यस्तो कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्नेछ।’
उनले आफूहरूले गरेको आन्दोलन शान्तिपूर्ण रहेको भन्दै आगामी दिनमा पनि रहने बताएका छन्।
उनले थपेका छन्, ‘त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौँ। हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौँ कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन। अब जनता जागिसकेका छन्स हामीलाई फुटाउन कुनै प्रयास नगरियोस्।’
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्