- २ फाल्गुन २०७८, सोमबार १९:४५
फागुन २ काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन)ले आफ्नै भवन खरिद गरी विधिवत रुपमा आजबाट प्रवेश गरेको छ ।
स्थापनाको ३१ वर्ष पछि प्याब्सनले काठमाडौंको तिनकुने, सुविधानगरमा १४ करोडको लागतमा आफ्नै भवन खरिद गरेको हो ।प्याब्सनको केन्द्रिय कार्यलय रहने उक्त भवन प्याब्सन केन्द्रका अध्यक्ष टीकाराम पुरीको नेतृत्वमा खरिद गरीएको छ । लामो समयदेखि आफ्नै भवन निर्माण वा खरीद गर्ने भनिएपनि अहिले सम्म आफ्नै भवन बनाउन नसकेको कारण भाडामा बस्दै आएको र अफिस सारी राख्नुपर्ने समस्या भएकाले आफ्नै अफिस खरिद गरीएको अध्यक्ष टीकाराम पुरीले बताए ।
भवन खरिदमा अहिलेको कार्यसमिति र प्याबसनमा आवद्ध सबै सदस्यहरुको उत्तिकै योगदान रहेका पुरीले बताए । उनले भने “दुःख सुख जसोतसो गरेर भएपनि स्थापनाको ३१ वर्ष पछि आफ्नै भवन खरिद गर्न सकेका छौ, यसले आगामि नेतृत्वलाई सहज हुने छ ।”
पुरीले आगामि चैत्र ९ र १० गते १५ औं राष्ट्रिय महाधिवेशन रहेको जानकारी गराउँदै महाधिवेशनले सक्षम नेतृत्व चयन गर्ने अपेक्षा गरेको समेत बताए । अवको नेतृत्वलाई काम गर्न सहज हुने बताउँदै ४५ प्रतिशत आरक्षण सम्बन्धि सर्वोच्चमा भएका मुद्दालाई किनारा लगाउन तिर ध्यान दिनुपर्ने बताए । त्यसैगरी बन्दै गरेको शिक्षा ऐनलाई पनि महत्वका साथ हेरिनु पर्ने उनको भनाई छ ।
करिब ६ हजार बढी विद्यालय आवद्ध रहेको प्याब्सनले यस भन्दा अघि डिल्लि बजार स्थित भाडाको घरमा केन्द्रिय अफिस राख्दै आएको थियो ।










प्रतिकृया दिनुहोस्