Youtuber, Jimmy Donaldson aka Mr Beast and Ben Azelart during a visit to Dyetse Village, Malawi where a new well point has been installed to provide clean drinking water to the community.
- २१ श्रावण २०८२, मंगलवार १७:२८
अगस्ट १, २०२५, काठमाडौं। विश्वभरका करोडौं दर्शकबीच लोकप्रिय रहेका युट्युब स्टार MrBeast (जिमी डोनाल्डसन) र Mark Rober ले अन्तर्राष्ट्रिय गैर–नाफामूलक संस्था WaterAid सँग सहकार्य गर्दै #TeamWater नामक ऐतिहासिक अभियान सुरु गरेका छन्। यो अभियानको लक्ष्य सन् २०२५ अगस्ट ३१ भित्र ४० मिलियन डलर संकलन गरेर दुई करोड मानिसहरूलाई दीर्घकालीन स्वच्छ पानीको पहुँच दिलाउनु अभियानका टिमले जनाएका छ ।
यो अभियानमा ८४ भन्दा बढी देशका सामग्री निर्माता (content creators) हरूको साथ रहेको छ, जसको सामूहिक प्रभाव करिब २ अर्ब दर्शक/सब्सक्राइबर सम्म पुग्ने अनुमान गरिएको छन ।

MrBeast र Rober ले यसअघि पनि #TeamTrees र #TeamSeas अभियानमार्फत क्रमशः २० मिलियन रूख रोप्ने र ३० मिलियन पाउण्ड फोहोर समुद्र र नदीबाट हटाउने काममा सफलता हासिल गरेका थिए। यसपटक उनीहरूले मानव स्वास्थ्य र सम्मानजनक जीवनसँग प्रत्यक्ष सम्बन्धित साफ पानीको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।
दुवै निर्माता एकै स्वरमा भन्छन्, “इन्टरनेटले जब कुनै अभियानलाई समर्थन गर्छ, त्यसले चमत्कार गर्न सक्छ — रूख रोप्ने, समुद्र सफा गर्नेदेखि अब स्वच्छ पानीको पहुँच पुर्याउने सम्म। हामी विश्वास गर्छौं कि अब पनि संसार परिवर्तन गर्न सकिन्छ।”
WaterAid अमेरिका की सीईओ केली पार्सन्स भन्छिन्, “दुनियाँका प्रभावशाली सामग्री निर्माताहरूको प्रभाव र हाम्रो चार दशक लामो फिल्ड अनुभवलाई जोडेर हामीले यो अभियान सुरु गरेका हौं। उठेको प्रत्येक डलरले दीर्घकालीन समाधान — जस्तै सौर्य ऊर्जाबाट चल्ने इनार, गुरुत्वाकर्षण प्रणालीद्वारा सञ्चालित पानी पाइपलाइन — निर्माणमा प्रयोग हुनेछ।”
अहिले पनि करोडौं मानिसहरू सुरक्षित पिउने पानीबाट वञ्चित छन्। #TeamWater अभियानले सन्देश दिन खोजेको छ — यो संकट समाधान गर्न सकिने छ, यदि हामी सबैले सँगसँगै हातेमालो गर्छौं भने।










प्रतिकृया दिनुहोस्