- २ फाल्गुन २०७८, सोमबार १२:१७
फागुन २, काठमाडौँ । आफैभित्र भएको कस्तुरीलाई नचिनेर मृग भौतारिए झैँ हामी आफैँभित्र भएको प्रेम अनुभूत गर्न नसकेर अनेकतिर भौतारिन्छौ । प्रेम तप्रकृतिमा छ, प्रेम हाम्रै वरिपरी छ अनि प्रेम जता हिंड्यो त्यतात्यतै छ ।
माटोमा, फूलमा, जूनमा, रुख बिरुवामा जतासुकै पनि प्रेमै प्रेम छ । वास्तवमा प्रेमले हेर्दा, खोज्दा र अनुभूत गर्दा सबै वस्तुमा प्रेम भेटिन्छ, हरेक अनुहारमा प्रेम भेटिन्छ र हरेक मुस्कानमा प्रेम भेटिन्छ ।
प्रेम अथाह हुन्छ, यो न दिएर सकिन्छ न लिएर सकिन्छ । धन कमाउने मान्छे कैलेकहिँ धनको गरिव बन्न सक्ला तर प्रेम दिने मान्छे कहिलेपनि प्रेमको गरिब भएको सुनिएको छैन र देखिएको पनि छैन । प्रेमले गरिबको छाप्रोलाई पनि स्वर्ण महल बनाई दिन्छ ।
प्रेमबाट प्रभावित नभएको मानव हृदय यो धरतीमा सायदै होला । प्रेम अनन्तस् अमर अनि अज्ञात पनि छ । हृदयले गर्ने हार्दिक प्रेमकोकिस्सा जति सुनाए पनि पुरानो हुँदैन । परिवेश र आवरणहरू मात्र नयाँ र पुराना हुने हुन् । मानव हृदयको प्रेम हिजो पनि नयाँ थियो, आजपनि नयाँ नै छ अनि भोलि पनि नयाँ नै हुनेछ।
संवत्सँग जोडिएका धेरै चाडपर्वहरू, रीतिरिवाजहरू छन् । हाम्रा मौलिक चाडपर्वबारे अबका युवाले स्थितिगत्यात्मक भएर सोच्ने बेलाभएको छ ।
अरुकै संस्कृतिमाथि कहिलेसम्म रमाउने रु अरुकै संस्कृतिमाथि रमाउने हो भने हाम्रो संस्कृति, परम्पराहरू हराउँदै जानेछन् । सकिन्छ भनेथप अनुसन्धान गरौं, अनुसन्धान भएका कुराहरू थप अध्ययन गरौं, होइन भने थप अध्ययन अनुसन्धान गरे हाम्रो संस्कृतिहरूलाईविश्वसामु चिनाउनुका लागि अघि बढौं ।
संस्कृति नीति २०६८ अनुसार नेपालमा दुई–अढाई लाख वर्षदेखिका सांस्कृतिक सम्पदाका अवशेषहरू र १०३ भन्दा बढी जातिकासांस्कृतिक प्रचलन हुने भनेको राष्ट्रको लागि गौरवको विषय हो । मौलिक संस्कृतिको रक्षा विना राष्ट्रियता बलियो हुँदैन र राष्ट्रियताकोरक्षा विना मुलुकको रक्षा एवं विकास सम्भव छैन ।
नेपालमा संस्कार र संस्कृतिमा फरक भएकै कारणले आज हामी विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेका छौं । संस्कार र संस्कृतिभनेका हाम्रा गौरव हुन्, सम्पत्ति हुन् । मौलिक पहिचान भनेको विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, सदाचार, नैतिकता, चाडपर्व, भेषभूषा, रीतिथिति, आचार, विचार, खानपान, कला, साहित्य, संगीत, इतिहास, चालचलन, अन्य विविध नै हाम्रा पहिचान हुन् । संस्कृति कल्चर होइन जीवनको समग्र पक्ष हो ।
हाम्रो देशका हरेक जातिले मनाउने मौलिक पर्व हाम्रो देशको प्राचीन संस्कृतिसँग मात्र होइन, प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन् ।मौलिक पर्वले हामीलाई परस्पर सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आवद्ध गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक रबहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश हो । यहाँ प्रचलित बहुमूल्य सम्पत्तिका रूपमा रहेका पर्वलाई नेपालसरकारले पनि संरक्षण, सम्बद्र्धन, प्रवद्र्धन गर्नु आवश्यक छ ।
सदा झैं यस वर्ष पनि भ्यालेन्टाइन डे आयो , सबै युवा(युवती को जमात मा झुन्डिएको छ भ्यालेन्टाइन डे , हामी नेपाली कहाँ सम्म कोउल्लु छौं र कुरै नबुझी कुनै संस्कृती को पछि दौडन्छन भन्ने कुरा को चरम नमुना हो नेपाली समाज मा बढदो भ्यालेन्टाइन डे प्रती को अन्धमोह । लाग्छ नेपाली समाज मा गुहु लाइ राम्रो प्लास्टिक मा राम्ररी प्याक गरेर सुन्दर स्टिकर टाँसेर बिक्री गर्ने हो भने सहज बिक्री हुन्छ । भ्यालेन्टाइन डे को पछि दौडने जमात लाइ शायद थाहा छैन भ्यालेन्टाइन डे को सम्बन्ध हाम्रै पुर्विय तथा सनातन संस्कृती सँग सिधा रुपलेजोडिएको छ ।आज यहि विषय को उठान गरिने छ यो सानो आलेख मार्फत।
सबैलाई थाहा छ , पश्चिमी समाज श्रीमती वा पत्नी मा होइन रखैल मा विश्वास गर्छन , उनिहरुको यो संस्कृती र लगाव आज कोमात्र होइन हजारौं बर्ष देखी को हो । पश्चिमि संस्कृती मा जीवन मा एकजना मात्र विवाह गर्ने स्त्री वा पुरुष भेट्न मुश्किल छ , धेरैलाई लाग्नसक्छ यो ट्रेन्ड पश्चिम को आधुनिकता सँगै विकास भएको हो तर यथार्थ के हो भने यो ट्रेन्ड पश्चिम मा प्राचिन काल देखी को होबरु पुर्बिय संस्कृती को धेर थोर प्रभाव पश्चात यो ट्रेन्ड मा थोरै सुधार आएको हो ।
फेसवुक वा अन्य सामाजिक संजाल मा प्रोफाइल चिनारी मा एउटा बुँदा हुन्छ Relationship तल तीन ओटा option हुन्छन ‘1.Married ,2.Single, 3.Live in Relationship यो Live in Relationship को अर्थ आखिर हो के ? यसको अर्थ हुन्छ विवाह नगरिकन लोग्ने स्वास्नी जस्तै गरेर वस्नु । अहिले यो विकृत संस्कार नेपाल मा पनि भित्रिएको छ । सर्वप्रथम पश्चिम मा स्थापित नैतिक मान्यता लाई बुझ्ने चेष्टा गरौं ।
पश्चिम मा स्त्री जाती को आत्मा हुँदैन भन्ने विश्वाश थियो यसैले स्त्री जातिलाई वस्तु को रुपमा जस्तै कुर्सी , टेबल , वस्त्र , घर , कोठा जस्तै निर्जिव वस्तु को रुपमा हेरिन्थ्यो जो कि पुरानो भएपछी , मन पराउन छोडिएपछी वा वेकाम भएपछी फेरिन्छ र त्यसकोसट्टामा अर्को प्रयोग गरिन्छ । पश्चिम का सबैजसो दार्शनिक , चिन्तक तथा साहित्यकार हरुले यो मान्यता लाई मलजल गरेका थिए रसोही अनुसार व्यवहारिक जीवन पनि विताएका थिए जस्तो कि पश्चिम का दिग्गज चिन्तक जिन ज्याक रुसो ले आफ्नो आत्मकथा मालेखेका छन ‘It is highly impossible to remain with only one women’ ।अर्का दार्शनिक प्लेटो ले लेखेका छन , मेरो २२(२५जना महिलाहरु सँग सम्बन्ध रह्यो । अर्का एक निकै विख्यात साहित्यकार दाँते त चर्च मा एक महिला सँग विवाह गरेर पादरी सँग विदाभएर चर्च बाट बाहिरिंदै थिए , चर्च को ढोका बाट निस्केपछी सडक मा निस्कने सिंढि थियो , सिंढी बाट ओर्लदै गर्दा अचानक उनको ध्यानएक युवती मा पर्यो जो चर्च सन्मुख को सडक मा हिंडदै थिइन, दाँते ति युवती बाट अति मोहित भए , तत्पश्चात केहि मिनेट अघि मात्रविहे गरेर फर्किएका आफ्नो नव पत्नी तर्फ फर्किएर भने, लाग्छ , हाम्रो वैवाहिक सम्बन्ध को इतिवृतान्त समाप्त भयो। पश्चिम का सवै चिन्तकहरु चाहे भौतिकवादी हुन चाहे अस्तित्ववादी हुन वा रहश्यवादी,,,,उनिहरु विच अन्य जतिसुकै विषय मा तिब्रतथा कटुतापुर्ण मतभेद रहेपनी एउटा कुरामा गहिरो रुपले एकमत रह्यो स्त्री जाती मा आत्मा हुँदैन , ति वस्तु हुन जो उपयोगिता छउन्जेलप्रयोग गर्न सकिन्छ र उपयोगिता समाप्त भएपछि परिवर्तन गरिन्छ।ू
पश्चिम मा एकाध व्यक्तिहरु जन्मे जो पश्चिम को Live in a Relationship संस्कृती को खिलाफ मा आवाज उठाए, यस्तै मा एकथिए सन्त भ्यालेन्टाइन । उनले यो संस्कृती को बिरुद्द कडा टिप्पणी गर्दै भने , हामी पश्चिमिहरु जो शारिरिक यौन सम्बन्ध राख्छौं योपशु बराबर छ , कुकुर , बिरालो, गाइ (भैसी को जस्तो यौन सम्बन्ध मन्छे ले राख्नु उचित छैन, यसले यौनजन्य रोग (Veneral disease) पैदा गर्छ । उनले जोड दिंदै भने, जिवन मा एक पति र एक पत्नी को रुपमा विवाह गरेर बाँच, विवाह पछि मात्र यौन क्रियाकलाप मासंग्लग्न होउ। उनि आफ्नो प्रवचन सुन्न आउने सबैलाइ यहि भन्थे र रोम को गल्ली गल्ली मा पुगेर विवाह गरेर वस्न आग्रह गर्थे। नेपालमा भ्यालेनटाइ डे मनाउने हरु लाइ शायद थाहा छैन भ्यालेन्टाइन प्रेम को पक्षधर होइन जिवन मा एक विवाह को पक्षधर थिए। ताज्जुबयस कुरा मा छ कि नेपाल मा पुर्विय संस्कृती अनुसार को एक विवाह को जिवन पद्धती को उलंघन गरि क्षणिक यौन आनन्द को स्वार्थ लेप्रेम सम्बन्ध कायम गर्ने मनस्थिती पाल्ने युवा( युवती हरु भ्यालेन्टाइन डे मनाउछन जबकी उनले यहि अपसंस्कृती को बिरुद्ध लड्दा फाँसीमा लट्किनु परेको थियो । पुर्विय हिन्दु संस्कृती को उछितो काढ्ने तथा खिल्ली उडाउने जमात भ्यालेन्टाइन डे मा रम्मिएको देखिन्छ,शायद यिनलाइ थाहा छैन , भ्यालेन्टाइन ले पुर्विय हिन्दु संस्कृती को गहन अध्यन गरेपछी यस संस्कृती का आयामहरुबाट अति प्रभावितभै पश्चिमी “Live in a relationship” संस्कृती को बिरुद्ध आवाज उठाएका थिए र हिन्दु संस्कृती को एक व्यक्ती एक पति वा पत्नी कोसंस्कृती पश्चिम मा पनि हुनुपर्छ भन्ने मत राख्थे।
मानिसहरु ले उनलाइ सोध्थे , कुन नौलो संस्कृती तपाइले यहाँं ल्याउन खोज्नुभयो , यहाँ त यसको अस्तित्व पनि छैन। उनलेजवाफ दिन्थे , आजभोली म पुर्व को हिन्दु संस्कृती , सभ्यता र दर्शन को अध्ययन गर्दैछु र मलाइ लाग्छ कि पुर्विय संस्कृती वेजोड र पुर्णछ यसैले तपाइहरुले पनि यसलाइ पछाउ, समाज ठिक ठाउँमा आउँछ।
उनको तर्क मा राजी हुनेहरु विवाह गरेर वस्न राजी हुन्थे , उनले सयौँ जोडिहरु को चर्च मा विवाह गरिदिए। त्यस समय रोम का राजाक्लाउडियस थिए। क्लाउडियस ले भ्यालेनटाइन को विचार र क्रियाकलाप प्रती टिप्पणी गर्दै भने, यो भ्यालेन्टाइन ले हाम्रो संस्कृतिपथभ्रष्ट्र पार्दै छ, हामी त विना विवाह मोज मस्ती गरेर वस्ने मानिस हौं र यहि हाम्रो परम्परा हो , यो त दुनिया मा विवाह गराउँदै हिंडिराखेछ, जुन हाम्रो संस्कृती को खिलाफ हो । यसै बिच क्लाउडियस ले एक आदेश जारी गरे , अब अप्रान्त यो राज्य मा कसैले पनि विवाहगर्ने छैन। तर भ्यालेन्टाइन ले यो आदेश को खुलेर चर्को बिरोध गरे।
क्लाउडियस ले तत्काल आफ्ना सैनिकहरु लाइ आदेश दिए ,भ्यालेन्टाइन लाइ पक्रेर ल्याउ। उनको सैनिकहरु ले भ्यालेन्टाइन लाइपक्रेर ल्याए। विवाह को संस्कृती भित्राएको आरोप लगाउँदै भ्यालेन्टाइन लाइ फाँसी को सजाय सुनाइयो । उनले विवाह गराइदिएका सम्पुर्ण जोडिहरुलाइ बोलाइयो र उनिहरुकै अगाडी १४ फेब्रुअरी ४९८ मा सार्वजनिक स्थल मा भ्यालेन्टाइन लाइ झुन्डाइयो । फाँसी माझुन्डाउनु अघि जेलर ले भ्यालेन्टाइन लाइ सोधे , तिम्रो अन्तिम इच्छा के छरुू , जेलर को एउटि छोरी थिइन जो अन्धी थिइन ।भ्यालेन्टाइन ले भने , मेरो मृत्यु पश्चात मेरो आँखा तपाइको छोरी लाइ दिनु। भ्यालेन्टाइन लाइ फाँसी मा चढाइएपछी उनका अनुयायीहरु जसले उनको विचार बाट प्रभावित भै विवाह गरेका थिएस निकै दुस्खि भएर हरेक वर्ष को १४ फेब्रुअरी मा भ्यालेन्टाइन डे मनाउन शुरु गरे र यसले निरन्तरता पाइरह्यो जुन हालसम्म जारी छ । यो हो भ्यालेन्टाइन डेको ईतिहास र वास्तविकता ।
एउटा ताज्जुब लाग्दो तथ्य के हो भने Live in a Relationship संस्कृति भएको तथा आफ्नो वस्त्र परिवर्तन गरें झैं वर्षै पिच्छे रुमपार्टनर फेर्ने आम प्रचलन रहेको अमेरिका तथा युरोप का देशहरु मा यो संस्कृति मन नपराउनेहरु प्रशस्त छन , उनिहरु पुर्विय संस्कृती प्रतिआकर्षित भैरहेका छन ति देश हरु मा आफ्नै पश्चिमी संस्कृती मन नपराउनेहरु ले भ्यालेनटाइन डे मनाउनु स्वभाविक हो तर एक विवाहलाइ मानव जिवन को अभिन्न अंग मान्ने पुर्विय संस्कृती भएको हाम्रो जस्तो देश मा अझै Live in a Relashionship कल्चर मा विश्वासराख्ने उरन्ठेउलोहरु ले भ्यालेन्टाइन डे को वास्तविकता नै नबुझी यो दिवश मनाएको देख्दा अलि हजम हुँदैन र कुरिकुरी लागेर आउँछ।










प्रतिकृया दिनुहोस्