- १७ श्रावण २०८२, शुक्रबार १९:५९
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा “सेवा र विकासका लागि युवा” अभियानअन्तर्गत काठमाडौँ जिल्ला, दक्षिणकाली नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत १६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि दक्षिणकाली नगर प्रमुख मोहन बस्नेतले शिक्षामा लगानी समाज र राष्ट्रको भविष्यमा लगानी हुने भएकाले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने बताउनुभयो। उप–प्रमुख बसन्ती तामाङ डङ्गुलले विद्यार्थीलाई सहयोग र प्रेरणा दिने गतिविधिबाट सक्षम नागरिक निर्माण हुने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय सचिव लोग बहादुर चयडा, बागमती प्रदेश सचिव निर्मल खड्का, त्रिवि सह–संयोजक दीपक काप्री तथा विद्यालयका प्रतिनिधि गुरुहरूको विशेष उपस्थिति रहेको थियो।
परिषद्ले यस किसिमका कार्यक्रमहरूले विद्यार्थीलाई अध्ययनमा प्रेरित गर्ने र शिक्षाप्रति थप उत्साह जगाउने अपेक्षा गरेको छ।











प्रतिकृया दिनुहोस्