- १४ श्रावण २०८२, मंगलवार १६:०१
धनगढीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल ऐश्वर्य बहुमुखी क्याम्पस इकाइको आयोजनामा दुई दिने जीवन उपयोगी सीप सम्बन्धि प्रशिक्षण सुरु भएको छ। एश्वर्य बहुमुखी क्याम्पसको सभाहलमा ४० जना विद्यार्थीको सहभागितामा प्रशिक्षण कार्यक्रम गरिएको धनगढी नगर इकाइका नगरपत्रिका संयोजक नारद भट्टले जानकारी दिए।
पछिल्लो समयमा विद्यार्थीलाई के गर्ने ? के नगर्ने ? कहाँ जाने ? कसरी जाने ? भन्ने अन्योलता लाई समाधान गर्न र जीवनमा सही निर्णय लिन सक्ने सीपको विकास गर्ने उद्देश्यले दुई दिने जीवन उपयोगी सीप सम्बन्धी प्रशिक्षण गरिएको हो। प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सह-संगठन सचिव छितराज न्यौपानेले सहभागी विद्यार्थीलाई प्रशिक्षण गराएका थिए ।
दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटनमा प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सह-संठन सचिव छितराज न्यौपाने, परिषद्का पूर्व-महासचिव सुरेन्द्र भट्ट ,परिषदका राष्ट्रिय सचिव प्रेम बोहरा केन्द्रीय सदस्य , अन्य विद्यार्थी परिषद्का पदाधिकारी सँगै सहभागी विद्यार्थीहरूको उपस्थिति रहेको नगर पत्रिका संयोजक भट्टले जानकारी दिए।
कार्यक्रममा कैलाली बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस लगायत अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको छ। प्रशिक्षण कार्यक्रम आज र भोलि सञ्चालन हुने परिषद्का राष्ट्रिय सचिव प्रेम बोहराले जानकारी दिए।










प्रतिकृया दिनुहोस्