- २५ माघ २०७८, मंगलवार १७:०९
काठमाडौंः नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा प्रकाशित भएको छ। काउन्सिलले माघ २१ र २२ गते सञ्चालन गरेको ४८ विधाका विशेष परीक्षामा ७७ प्रतिशत उत्तीर्ण भएका हुन्।
काउन्सिलले शुक्रबार र शनिबार लिएको पोष्टग्राजुएट्स पीजी तहको लाइसेन्स परीक्षा विशेष परीक्षामा ७६.७६ प्रतिशत उत्तीर्ण भएका हुन्। ७२३ जना परीक्षार्थीहरु सहभागी भएकोमा ५५५ जना उत्तीर्ण र १६८ जना अनुत्तीर्ण भएको मेडिकल काउन्सिलले जनाएको छ।
काउन्सिलका अनुसार परीक्षाका लागि फारम भर्ने ७३४ भए पनि परीक्षामा ७२३ जना सहभागी थिए। त्यसमध्ये ५५५ जना पास भएका छन् भने १६८ जना फेल भएका छन्। परीक्षामा ११ जना अनुपस्थित थिए। सोही प्रकृतिको भदौ १८ गते लिइएको परीक्षामा ७०.९ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका थिए।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्