- ७ जेष्ठ २०८२, मंगलवार २१:२३
चितवन । केटा साथीलाई भेट्न गएकी एक किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा चितवन प्रहरीले ५ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
चितवनको पश्चिम चितवन घर भएकी १६ वर्षकी किशोरीमाथि गत वैशाख २५ गते ६ जना युवाले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीमा जाहेरी दर्ता भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
चितवनका प्रहरी प्रमुख एसिपी गोविन्द पुरीका अनुसार बालिकामाथि सामूहिक बलात्कारको जानकारी आएपछि किटानी जाहेरीका आधारमा ५ जना पक्राउ परेका हुन् । भने, एक जना अझै फरार रहेका जनाइएको छ ।
गत २५ गते केटा साथीले बालिकालाई आफ्नो घर बोलाएका थिए । उनको घरमा बुबा आमा भएपछि केटा साथीले आफ्नो साथीको घरमा लगेर सुरुमा जबरजस्ती रक्सी खुवाएको प्रहरीले दिएको जानकारीमा उल्लेख छ ।
मिनरल वाटरको बोत्तलमा रक्सी खुवाएर अर्धचेत भएपछि केटा साथीले जबरजस्ती बलात्कार गरि बाँकी ५ जनाले पनि बालिकामाथि बेलुका ९ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
बालिकालाई बलात्कार गरि भिडियो बनाएको थाहा पाएपछि बालिकाले माइजूलाई खबर गरि चितवन प्रहरीमा जाहेरी दिएका हुन् । किटानी जाहेरीपछि म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।










प्रतिकृया दिनुहोस्