- २८ बैशाख २०८२, आईतवार १४:४७
काठमाडौं : भारतीय वायुसेनाले अपरेशन सिन्दूर जारी रहेको बताएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै वायुसेनाले अपरेशन सिन्दूर सञ्चालन अझै पनि जारी रहेको उल्लेख गरेको हो।
वायुसेनाले लेखेको छ,‘भारतीय वायुसेनाले अपरेशन सिन्दूरमा तोकिएको कार्य सटीकता र व्यावसायिकताका साथ सफलतापूर्वक सम्पन्न गर्यो। यो अपरेशन राष्ट्रिय उद्देश्यहरू अनुरूप सोचविचार र विवेकपूर्ण रूपमा सञ्चालन गरिएको थियो।’
भारतीय वायुसेनाले सबैलाई अनुमान र अप्रमाणित जानकारीको प्रसारबाट बच्न अनुरोध गरेको छ।
पहलगाम आक्रमणपछि भारतले मे ६–७ को मध्यरातमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो। यसपछि दुवै देशले एकअर्काको सैन्य अड्डाहरूमा आक्रमण गरेका थिए।
शनिबार साँझ भारत र पाकिस्तानले दुई देशबीच युद्धविरामको घोषणा गरेका छन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्