- २२ बैशाख २०८२, सोमबार १९:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले विद्यार्थीलाई अतिरिक्त रोजगारी (पार्ट टाइम जब) को व्यवस्थामा कुनै समयसीमा नलगाइ कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राखेको संशोधनमाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् ।
सरकारले नीति तथा कार्यक्रमको बुँदा नम्बर ६७ मा ‘कमाउँदै–पढ्दै’ को नीतिबारे संशोधन हाल्दै उनले २० घण्टामा सीमित नगर्न ध्यानाकर्षण गराएकी हुन् ।
‘पार्ट टाइम जबलाई २० घण्टामा सीमित नगरियोस् । कम्तीमा दिनको ४ घण्टा विद्यार्थीले काम गर्न सक्छन्,’ सांसद गौतमले भनिन्, ‘कति घण्टा भन्ने पावन्दी नलगाई यो कार्यान्वयन होस्, र काम वापतको ज्याला हप्तैपिच्छे प्रति घण्टाको हिसाबले दिने व्यवस्था होस् ।’
नीति तथा कार्यक्रममा चाहिँ बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ‘कमाउँदै–पढ्दै’ को नीति लागु गरिने उल्लेख गरिएको छ ।
उक्त रोजगारी दिने केही संस्थालाई कर छुट दिइ यो व्यवस्था लागू गर्न उनले सुझाव दिएकी छिन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्