- १९ बैशाख २०८२, शुक्रबार ०८:४४
बारा । निजगढकाे गाैरी शंकर क्याम्पसकाे स्ववियु टिमले बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित प्रतिनिधि सभा सदस्य अच्युत मैनालीलाई गाैरी शंकर क्याम्पसकाे विकासका लागि केन्द्र सरकारबाट आर्थिक सहायताकाे लागि माग पत्र बुझाएको छ ।
बिहिवार नेकपा एमाले निजगढ नगर कमिटिकाे अधिवेशनमा सहभागी हुन आएका मैनालीलाई स्ववियु अध्यक्ष बालकृष्ण हुमागाईंले गाैरी शंकर क्याम्पस अहिले आर्थिक समस्या भाेगि रहेकोले निजगढका विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षाको अवसर प्रदान गर्दै आएकोमा हाल क्याम्पसको भौतिक संरचना, शैक्षिक पूर्वाधार, प्रविधि तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक स्रोत र साधन अभाव भएकोले समग्र विकास योजनाको कार्यान्वयन गर्न कठिनाइ भइरहेको बिषय वताउँदै
क्याम्पिमा भवन निर्माण, पुस्तकालय तथा प्रयोगशाला सुधार, डिजिटल शिक्षण उपकरणको व्यवस्था, र अन्य पूर्वाधार विकास) का लागि आर्थिक सहयोग अत्यन्त आवश्यक रहेकोले, रु १,००,००,००० (एक करोड रुपैयाँ) विनियोजन भन्दै उक्त माग पत्र बुझाएको छ ।
यस्तो छ माग पत्र











प्रतिकृया दिनुहोस्