- १४ बैशाख २०८२, आईतवार २०:०७
नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले शिक्षकलाई आन्दोलनको मैदानबाट हटाउने माध्यम संवाद रहेकोले बल प्रयोग नगर्न सरकारसँग आग्रह गरेका छन् । आन्दोलनरत शिक्षकहरू माथि प्रहरी बल प्रयोग गरिएको भन्दै शिक्षक माथि अपमान अत्यन्त पीडादायी घटना भएको बताएका हुन् ।
उनले कमी कमजोरी हामी सबैका रहेको बताउँदै समयमा नै शिक्षकका सामाजिक सम्मानका माग सम्बोधन हुनुपर्नेमा जोड् दिएका छन् । अहिले आफू बिछ्यौनामा रहेको र शिक्षकहरूका माग संवादबाट समाधान गर्न बिन्ती गर्दै बल प्रयोग नगर्न आग्रह गरेका छन् ।
उनले भनेका छन् ‘कमी कमजोरी हामी सबैका छन् । समयमा नै शिक्षकका सामाजिक सम्मानका माग सम्बोधन हुनुपर्दथ्यो , जुन कुरा समितिमा पटक पटक उठेको पनि हो । सबै पक्ष सहमत पनि हुनुहुन्थ्यो । अहिले म बिछ्यौनामा छु । बिन्ती छ सरकारसँग “ शिक्षकलाई आन्दोलनको मैदानबाट हटाउने माध्यम संवाद नै हो बल प्रयोग किमार्थ होइन । आज आमाको मुख हेर्ने पवित्र दिनमा शिक्षारूपी ज्ञान प्रदान गर्ने जीवनको दोस्रो आमा शिक्षक माथि अपमान अत्यन्त पीडादायी घटना हो । आमा बाबु र शिक्षकले आफ्नो क्षमताअनुसार नेपाली समाज , सन्तति र हामीलाई केही न केही दिएकै छन् । शिक्षक साथीहरूलाई पनि अनुरोध छ संसदीय प्रक्रियामा विधेयकलाई पूर्णता दिन निश्चित समय लाग्दो रहेछ । विज्ञेषु किमधिकम् ..’










प्रतिकृया दिनुहोस्