- ११ बैशाख २०८२, बिहीबार १५:१६
फागुन – रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित तथा व्यवस्थित सूर्योदय क्लब अन्तर्गत आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा रहेको बालिका शिक्षा कार्यक्रमका कक्षा ११ का ४२ जना बालिकाहरूलाई तेस्रो मेन्टरिङ सत्र सम्पन्न गरिएको छ ।
“महिला नेतृत्वको व्यवसाय” विषयक उक्त सत्र विद्यार्थीहरूले व्यास–१३ निवासी सृजना कोइरालाको “सृजना कृषि तथा पशु फर्म” मा स्थलगत भ्रमण गरेका हुन् ।
भ्रमणमा बालिकाहरूलाई महिलाले पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै विभिन्न व्यवसायहरू सञ्चालन गरेको र केही गर्नका लागि विदेशमात्र विकल्प नभई आफ्ना स्थानीय स्तरमा पनि आफ्नै पौरखमा सफल बन्न सकिने, विभिन्न बाँझो रहेको जग्गाहरूको सदुपयोग गरेर कृषि क्षेत्रमा अगाडि बढ्न सकिने लगायतका विषयमा फर्मका सञ्चालक सृजना कोइरालाले जानकारी दिएकी थिइन ।
उक्त भ्रमणमा कक्षा ११ कि अर्पना तिवारीले यो भ्रमण पश्चात् विगत धेरै वर्षदेखि गाउँहरूमा बाँझा रहेका आफ्नो पुख्र्यौली जग्गामा बुवाआमालाई साथमा लिएर यस्तै व्यवसाय गर्न सकिने बताइन । साथै भ्रमण पश्चात् उक्त फर्मका सञ्चालक सृजना कोइरालालाई यति धेरै शिक्षा प्राप्त गरिसके पश्चात् पनि अन्य पेशामा नगई कृषि पेशा अपनाई यहाँसम्म आइपुग्नु भएकोमा धन्यवाद व्यक्त गरिन ।
कार्यक्रममा बालिकाहरूले कृषि तथा पशुपालन व्यवसाय, यसको सञ्चालन प्रक्रिया तथा सफलताको यात्रा बारे प्रत्यक्ष अनुभव लिन पाएका थिए ।
सूर्योदय क्लबको बालिका शिक्षा कार्यक्रमले यस किसिमका सत्रहरू नियमित रूपमा आयोजना गर्दै बालिकाहरूलाई जीवन उपयोगी सीप र मेन्टरिङका माध्यमबाट विभिन्न व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेको छ ।











प्रतिकृया दिनुहोस्