- १० बैशाख २०८२, बुधबार २१:५६
काठमाडौं । विश्व हिन्दू परिषद् नेपालद्वारा आतंकि हमला विरूद्द विरोध प्रदर्शन र श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
विश्व हिन्दू परिषद् नेपालले भारतको काश्मीरमा निर्दोष हिन्दू पर्यटकहरूको इस्लामिक जिहादीद्वारा गरिएको नृशंस हत्याको विरोधमा काठमाडौं, वीरगन्ज लगायतका स्थानहरूमा प्रदर्शन तथा मृतकहरूको आत्मशान्तिका लागि श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हाे ।
परिषद्ले यस घटनालाई मानवता र धार्मिक सहिष्णुतामाथि गम्भीर आक्रमणको रूपमा व्याख्या गर्दै, दोषीलाई कडा कारबाहीको माग गरेको छ। श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै मृतकहरूको आत्माको शान्तिको कामना गरेका थिए। साथै, हिन्दू धर्म र संस्कृतिको संरक्षणका लागि एकजुट हुन आह्वान गरिएको थियो।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्