- १९ चैत्र २०८१, मंगलवार १४:१७
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकलाई यथा सिर्घ पारित गर्नका लागि भाेलीदेखी काठमाडौंमा अनिश्चितकालीन सडक आन्दोलन गर्ने भएको छ ।
शिक्षक महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर चैत्र २० गतेदेखि देशभरबाट शिक्षकहरूलाई काठमाडौंमा उतारेर सडक आन्दोलन गर्ने घाेषणा गरेको हाे ।
सम्मेलन सम्पूर्ण राजनीतिक दल निकटका शिक्षक संगठनहरू उपस्थिति रहेका थियोे । जसमा सबै शिक्षक संगठनहरूले सामुहिक रूपमा आन्दोलन गर्न गइरहेकाे बताएका थिए ।
स्थायी राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी/करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर चल्ने महासङ्घको चेतावनी छ ।
ने.शि. महासङ्घ र सरकार बिच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्नु यस आन्दोलनको उद्देश्य हो । यो उद्देश्य प्राप्तिका लागि हामीले गर्ने आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुनेछ । यो आन्दोलन शिक्षक–कर्मचारीको पेसागत मागमुद्दा सम्बोधनसँग मात्र जोडिएको छैन । यसले गुणस्तरयुक्त विद्यालय शिक्षा तथा विद्यार्थीको हित र उन्नयनका पक्षमा समेत आवाज मुखरित गरेको छ महासङ्घले विज्ञप्तिमा भनेको छ ।
विज्ञप्ति











प्रतिकृया दिनुहोस्