- १८ चैत्र २०८१, सोमबार ०८:०७
त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुर र मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा सोमबार स्ववियु चुनाव हुँदै छ । त्रिविमा रोकिएको स्ववियु चुनाव सोमबार हुन लागेको हो । बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ ।
यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो । पछि अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि चुनाव गराउने बाटो खुलेको थियो ।
यस्तै सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय मा पनि स्ववियु निर्वाचन हुँदैछ । त्यहाँ पनि बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ । मप विश्वविद्यालयमा पनि यसअघि अदालतमा निवेदन परेपछि केही समयदेखि निर्वाचन रोकिदै आएको थियो ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्