- १ फाल्गुन २०८१, बिहीबार १४:१९
काठमाडौँ , ३० माघ । युनियन एजुकेशनले कक्षा १० का विद्यार्थीहरूका लागि निःशुल्क एसईईको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । अङ्ग्रेजी, विज्ञान र गणितका कक्षाहरू निःशुल्क गराउने भएको हो ।
देशभरका एसईई तयारी गरिरहेका विद्यार्थीहरूका लागि फागुन १ गतेदेखि चैत ३ गतेसम्म हरेक दिन साँझ ७ बजेदेखि १० बजेसम्म कक्षा सञ्चालन गरिने युनियन एजुकेशनका सञ्चालक रमेश बाबु भट्टराईले बताए । उनले सेवामूलक कार्य अन्तर्गत विद्यार्थीहरूलाई निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको बताए ।
तयारी कक्षा जुमबाट र युनियन एजुकेशनको फेसबुक पेजबाट लाइभ कक्षाहरू सञ्चालन गरिने छ । साथै गणित शिक्षक भरत पोख्रेल, विज्ञान शिक्षक सुदिप आचार्य र अङ्ग्रेजी शिक्षक रमेश बाबु भट्टराईले कक्षा लिने छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्