- १ फाल्गुन २०८१, बिहीबार ०७:०७
माघ ३०, काठमाडौं । शंखरापुर नगरपालिका वडा नं. ५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको छ । प्रहरीले मृतक विद्यार्थीहरुको विवरण सार्वजनिक गरको छैन ।
चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेको बस दुर्घटनामा घाइते मध्ये एनएमसी अस्पतालमा एक, शंकरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको छ ।
बस ब्रेक फेल भएर दुर्घटनामा परेको अनुमान गरिएको छ । स्कुलले पिकनिकका लागि बा २ ख ७९५८ नम्बरको बसबस रिजर्भ लगेको थियो ।
सत्य साई एकेडेमीका विद्यार्थी बोकेको बस नगरकोट गएको थियो । फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।
सिन्धुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनिष माझी बस चालक रहेका थिए ।
दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइते मध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्