- १६ माघ २०८१, बुधबार १९:४९
काठमाडौं । नेकपा (माओवादी केन्द्र)सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षका विजयप्रकाश सापकोटा विजयी भएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपत्यका र विश्वविद्यालय प्रदेशको जारी मतगणनामा अध्यक्षको गणना सकिँदा उनी ७३ मतले विजयी भएका हुन्।
यसअघि महासचिवमा रोशन थापा मगर विजयी भएका थिए। उनले ५९६ मत प्राप्त गरेका थिए। मगर माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलका हुन्। उनले उपत्यका विशेष प्रदेशबाट १०० मत ल्याए भने विश्वविद्यालयबाट ८७ मत पाएका थिए।
उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले ४० मत ल्याएका थिए। महतो उपमहासचिव शक्ति बस्नेतनिकट विजय प्रकाश सापकोटा प्यानलका हुन्।
महतोले उपत्यकाबाट ४७ र विश्वविद्यालयबाट ६८ मत पाए। उपत्यकामा २६४ र विश्वविद्यालयमा २५८ मत खसेको थियो।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्