- १६ माघ २०८१, बुधबार ०७:४०
सुनसरी । प्राज्ञिक विद्यार्थी परिषद नेपाल सगरमाथा प्रदेश र जानकी प्रदेश अभ्यास वर्ग सयुंक्त रूपमा चतराधाम सुनसरीमा प्रारम्भ भएको छ।
तीनदिनसम्म सञ्चालन हुने कार्यक्रममा सगरमाथा (काेशी) प्रदेश र जानकी (मधेस) प्रदेशबाट सयौं कार्यकर्ताहरूकाे उपस्थितिमा माघ १५ गते मंगलवार उक्त अभ्यास वर्ग प्रमुख अतिथि चतरा धामकी स्वाध्वी रामपृयाज्युले उद्घाटन गर्नु भएको हाे ।
परिषद्ले आफ्नो सांगठनिक प्रशिक्षण गर्ने उद्देश्यकासाथ उक्त प्रदेश अभ्यास वर्ग दुई प्रदेशकाे संयुक्त रूपमा आयोजना गरिएको सगरमाथा (काेशी) र जानकी (मधेस) प्रदेश संगठन सचिव छितराज न्याैपानेले जानकारी दिनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि चतराधामकी स्वाध्वी रामपृया, हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचार प्रमुख डा. दिपक कुमार अधिकारी, परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, सगरमाथा प्रदेश अध्यक्ष श्री प्रेम कार्की , जानकी प्रदेश डा.शुस्मा तिवारी, प्रदेश संगठन सचिव छितराज न्याैपाने, सगरमाथा प्रदेश सचिव जितेन लोहार, जानकी प्रदेश सचिव अरूण प्रसाद कुसवाह लगायत दुवै प्रदेशबाट १५० भन्दाबढी कार्यकर्ताहरूकाे विशेष उपस्थिती रहेको छ ।











प्रतिकृया दिनुहोस्