- २४ मंसिर २०८१, सोमबार १७:३४
काठमाडौं । नेपालको विद्यार्थी आन्दोलनलाई रचनात्मक र राष्ट्रहितमा अगाडि बढाउन विद्यार्थी परिषद्ले एउटा राम्रो आदर्श स्थापित गरेको छ।

विद्यार्थी परिषद्ले आफ्नो ३० ओैँ स्थापना दिवस मनाइ रहँदा शिक्षा क्षेत्रमा दलगत राजनीतिभन्दा माथि रहेर कार्य गर्ने सक्ने प्रभावि राष्ट्रिय विद्यार्थी संगठन खडा हुन सक्दछ भन्ने विश्वास साथै शिक्षक, विद्यार्थी र शिक्षाविद् एउटै संगठन भित्र रहेर देशकाे समग्र शिक्षा क्षेत्र सुधार गर्न सकिन्छ भन्ने उदाहरण परिषद् सफल भएको छ। परिषद्काे अभियान, शैक्षिक बहस, रचनात्मक कार्यहरूमा राज्यका उच्च तहका अधिकारी, उपकुलपति, शिक्षाविद् र प्राज्ञिक व्यक्तिहरूकाे उपस्थितिले पूर्ण विश्वास आज शिक्षा क्षेत्रमा परिषद्ले दिइरहेकाे हामी प्रष्ट देख्न सक्छौँ

दलगत राजनीति भन्दा बाहिर रहेर पनि आफ्नाे व्यक्तित्व ,नेतृत्व र सामाजिक छवि निर्माण गर्न सकिन्छ भन्ने प्रेरणा देशका हजारौँ युवाहरूलाई दिन सफल भएको छ। नेपालको शिक्षा, राष्ट्रिय सुरक्षा, सामाजिक अनुभूति,अर्थतन्त्र र सबै राष्ट्रिय आवस्यकताका विषयमा निरन्तर सरकारलाई नीति निर्माण र सचेत गराउने कार्यमा आफ्नो राष्ट्रिय दायित्व स्थापना कालदेखि निरन्तर सक्रियताकासाथ निभाइरहेको छ।

परिषद्ले स्थापना कालदेखि युवाहरूमा सकारात्मक राष्ट्रियता,आफ्ना महापुरूष,आफ्नो संस्कृति,पहिचान, भाषा,साहित्य र माटोको विचारले सिञ्चन गरिरहेको संगठन सचिव नारायण प्रसाद ढकालले बताउनु हुन्छ । युवाहरूलाई समाजसँग जोड्ने, उनिहरूमा सेवाभावको विकास गराउने , राष्ट्रिय दृष्टिकोण र कर्तव्यवोध गराउन हालसम्म देशभरका १ लाख भन्दा बढि युवाहरूलाई प्रशिक्षण सम्पन्न गरिसकेको उहाँले बताउनु भयो ।

समाज विखण्डनकाे बाटाे तर्फ जाँदै गर्दा हिमाल पहाड तराई काेही छैन पराई, हिमाली, पहाडी, मधेसी हामी सबै स्वदेशी, शान्ति र समृद्धिका लागि नयाँ संविधान निर्माण दबाब यात्र साथै जातीय, वर्ग र क्षेत्रकाे आधारमा प्रदेश संरचना छुट्याउँदै गर्दा त्यसलाई राेक्न समाजिक जागरण अभियान सञ्चालनमा परिषद्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियोे । जसकाे परिणाम स्वरूप आज हाम्रो प्रदेशहरू प्रसिद्ध नदी र तीर्थस्थलकाे नामबाट नामाकरण गरिएको छ ।

शिक्षा क्षेत्रमा सुधारका कयौं शैक्षिक मुद्दाहरू विश्वविद्यालयमा दलगत भागबन्डाकाे अन्त्य उपकुलपति खुल्ला प्रतिस्पर्धाकाे माध्यमबाट नियुक्ति गर्ने, परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्न पत्र तयार गर्ने, स्ववियु निर्वाचनमा २८ बर्षे उमेर हदबन्दी लाग्नु गर्ने, माध्यमिक तहमा जीवन उपयोगी तथा सामाजिक विषयलाई अनिवार्य लागू गरिएको जस्ता महत्त्वपूर्ण मुद्दाहरू स्थापित गर्न साथै क्याम्पस विश्वविद्यालयकाे कयौं बेथितिहरू राेक्न आज परिषद् सफल भएको छ । यद्यपि अझैँ दर्जनौं शैक्षिक मुद्दा कार्यनयन गराउन अझैं सशत्त रूपमा कार्य अगाडि बढनु पर्ने आवश्यकता रहेकाे परिषद्ले बताउने गरेको छ ।

कुनै एउटा राजनीति दल वा पार्टीको भातृ संगठनकाे रूपमा नभई राष्ट्र प्रथमकाे विचारलाई अंगिकार गर्दै स्वतन्त्र रहेर पनि शिक्षा क्षेत्रमा दर्जनौं सकारात्मक काम गर्न सक्ने उदाहरण आज विद्यार्थी परिषद्ले समाजमा स्थापित गरिरहेकाे परिषद्का पूर्व कार्यकर्ता र समाजका उच्च पदस्थ व्यक्तिहरूले बताउने गरेका छन् ।

परिषद्ले याे तीन दशकमा कयौं आराेह अबहराेह, अन्य दलगत संगठनहरूकाे प्रतिबन्ध,कार्यकर्ताहरूमाथि आक्रमण जस्ता चुनाैतीहरूलाई सामना गर्दै रचनात्मक दृष्टिकोणका साथ देशकाे ७७ वटै जिल्लामा सांगठनिक कार्यवितस्तार, १ हजार भन्दाबढि कलेज र क्याम्पसहरूमा संगठनकाे कार्यसमिति निर्माण साथै १५० भन्दाबढी नगर एकाइ समितिहरू गठन गर्न सफल भएको परिषद्का महासचिव विष्णुप्रसाद पंगेनीले बताउनुभयो ।

यसकाे साथै अलग अलग आयाम कार्यहरू सेवा र विकास, इन्जिनियरिङ क्षेत्र संकल्प, मिडिया कार्य, कानुन क्षेत्र न्यायपथ, छात्रा कार्य, जनजाति विद्यार्थी कार्य, मेडिकल, निरामय, संस्कृत विद्यार्थी कार्य, कृषि विद्यार्थी कार्य जस्ता क्षेत्रगत रूपमा संगठनलाई नयाँ स्वरूपमा प्रदान गर्न पनि परिषद् अग्रसर भएको छ ।

जतिबेला माओवादीले बन्दुककाे नालबाट समाज र देशलाई परिवर्तन गर्नु पर्छ भनेर सात समुद्र पारिकाे विचार लिएर नेपालमा सशस्त्र द्वन्द गर्न सुरु गरेकाे थियोे । साेही बखत २०५२ मा सिमित व्यक्तिहरूकाे दुरदर्सन चिन्तनका साथ विद्यार्थी परिषद्ले नेपाली माटाेकाे स्वदेशी विचारलाई आफ्नो वैचारिक अधिष्ठान मान्दै प्राज्ञिक बहस रचनात्मक साेच विचार र चिन्तनले सुरु गरेको थियाे ।

त्यस खबत विद्यार्थी परिषद्लाई केही थान दलकाे झण्डा बाेक्ने राजनीति व्यक्ति, नेता कार्यकर्ताहरूले यस्तो नचाहिने काम पनि हुन्छ यस्तो कार्यले केही हुँदैन भन्ने र पूर्ण रूपमा नकारात्मक कुरा गर्नेहरू मात्र थिए आज त्यही व्यक्ति विद्यार्थी परिषद्काे कार्यकाे प्रशंसक भएका छन् भने आजकाे दिनसम्म आइपुग्दा परिषद्कार्यले राष्ट्रिय स्वरूप लिएकाे छ ।

साथै राष्ट्रका लाखौं व्यक्तिले याे संगठन, यसकाे विचार, गतिविधि र शैक्षिक मुद्दालाई अपनत्व लिएका छन् । विद्यार्थी परिषद्काे लागि, समाज र राष्ट्रका लागि याे गर्वकाे कुरा हाे ।

अन्त्यमा, वितेकाे तीन दशकमा समर्पण भावका साथ पूर्णकालिक रूपमा नेपाली समाज र माटाे विचारलाई आफ्नो केन्द्र बिन्दु मान्दै काम गर्ने कार्यकर्ताहरू तयार हुन र निरन्तर रूपमा साेहीदिशामा काम गर्नु याे अत्यन्तै सकारात्मक र महत्त्वपूर्ण कार्य हाे । जस कारण विद्यार्थी परिषद् आज समाज र राष्ट्रकालागि महत्वपूर्ण,आवश्यक र सबैको आशा र भरोसाको सशक्त संगठनको रूपमा स्थापित भई निरन्तर अगाडि बढिरहेको छ।











प्रतिकृया दिनुहोस्