- २ कार्तिक २०८१, शुक्रबार १५:१५
गोकर्णेश्वर नगरपालिकाले नयाँ आधुनिक भवनबाट आफ्ना नागरिकताको उपचारको थालनी गरेको छ। नगरप्रमुख दीपककुमार रिसालले अस्पतालको नयाँ भवन बिहीबार उद्घाटन गरेका छन् । नगरप्रमुख रिसाल र उपप्रमुख सान्नानी लामाले संयुक्त रूपमा उद्घाटन गरेको भवनले सेवा दिन सुरु गरेको र आधुनिक सबै सेवा उपलब्ध गराउने मेयर रिसालले दाबी गरे ।
देशभर नै उत्कृष्ट स्वास्थ्य सेवा दिएर चर्चामा आएको गोकर्णेश्वरले प्राथमिक स्वास्थ्य केन्द्रबाट नागरिकको उपचार सुरु गरेको थियो । यो सेवा विस्तारको क्रम चलिरहेको र आफ्नो कार्यकालको अन्तिमसम्म सर्वसुलभ रूपमा नागरिकलाई स्वास्थ्य उपचार गराउने मेयर रिसालले बताए ।
उनले सबै नगरवासीको बिमा कार्यक्रम सफलतापूर्वक अघि बढेकाले अबको दुई वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा दिने आफ्नो लक्ष्य पुरा हुने बताए । नगरपालिकाले २८ करोड लागतमा गोकर्णेश्वरको वडा नम्बर ४ स्थित जगडोलको शहिदपार्क मुकेश कायस्थ हेड इन्जुरी सेन्टरको पनि निर्माण धमाधम भइरहेको छ। उक्त भवन २०८० फागुनमा सुरु भएको हो भने दुई वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ।










प्रतिकृया दिनुहोस्