- १३ माघ २०७८, बिहीबार १६:२०
काठमाडौँ ।
फिटवेल ग्रार्मेन्ट कम्पनीको सञ्चालक सफल युवा उद्यमी मनोज भारतीसँग कृष्ण हुमागाईज्यूले व्यावसायिक सफलताका विषयमा गरिएको अन्तरवार्ताको सम्पादित अंश
यहाँको व्यावसायिक यत्राको बारेमा जानकारी दिनुहोस् न ?
म ६ वर्ष कोरिया बसेँ र त्यहाँबाट फर्केर आइसकेपछि हामी साथिभाइ बीचमा के काम गर्ने त भनेर सल्लाह हुन थाल्यो । मैले कोरियामा ३—४ ओटा कम्पनीमा काम गरेको थिएँ जसमध्ये एक Textile कम्पनी थियो । हामीले पाँच जानाको सहकार्यमा यो काम सुरू ग¥यौँ । सुरूमा लगानी प्रत्येक व्यक्तिले ५—५ लाख गरी २५ लाख गरियो र पछि बढाउँदै ५० लाखसम्म पनि पु¥याइयो । हामीले १२ वटा मेसिनबाट सुरू ग¥यौँ । बिचमा कतै घाटा पर्न गयो र त्यसपछि बाँकि ४ जानाले व्यवसाय नै छोड्नु भयो । म एक्लै भएपनि हरेश खान हुन्न भनेर निरन्तर रुपमा लागि परेँ । त्यसरी नै क्रमिक रुपमा व्यवसाय बढ्दै गयो र पछि मेसिनहरु पनि थप्दै गए र अहिले ७०—८० वटा मेसिनहरु छन् । कमदारहरु पनि पहिले २० थिए भने अहिले सयभन्दा माथि नै छन् । हाम्रा सोरूमको गिन्ती पनि बढ्दो छ र म व्यावसायिक रुपमा निकै खुसी छु । काम गर्दा उतार चढाव त हुन्छन् नै तर हरेस खाइएन भने पक्का सफल भइन्छ भन्ने कुरा मैले महसुस गरेको छु ।

हजुरहरूले यहाँबाट विशेषगरी के–के सामानहरू उत्पादन गर्नुहुन्छ ?
विशेष भन्नुपर्दा अहिले Sportswear हरु छन् । पहिला नेपालमा कोरोनाको अत्याधिक कहर हुँदा यहाँबाट पिपिइ किट र कपडाका माक्सहरु पनि नेपाल प्रहरी, नगरपालिका इत्यादिमा सप्लाई गरिएको थियो । वर्षाको सिजनमा रेनकोट बनाएर पनि बेचिन्छ । यहाँ सिजन अनुसारको पोशाक तयार हुन्छ ।
यहाँको व्यवसाय well Garment Factory मा कति जानाले रोजगार पाएका छन् ?
अहिले यहाँ लगभग सयभन्दा बढि जनशक्ति कार्यरत छन् । सिजनल रुपमा काम बढी हुँदा कामदार पनि बढी हुन्छन् र कम हुँदा कामदार पनि घट्छन् । नियमिति काम गर्ने १०० जना जति हुन्छन् ।
यहाँ काम गर्ने कर्मचारीको मासिक आम्दानी कतिससम्म छ ?
सधैँ एकै हुँदैन । थोरै रेट हुँदा १ पिसको १३० रुपैँया र धेरै हुँदा ४०० सम्म पनि हुन्छ । उनीहरुले दैनिक रुपमा कहिले १५ सय त कहिले दुई हजार पनि कमाउने गर्छन् । समग्रमा हाम्रो कारिगरहरुले ७०—८० हजारसम्म मासिक आम्दानी गरिरहेका छन् । हाम्रो एक जनाले दिनमा १० वटा ट्रयाक तयार गर्छन् । यस हिसाबले हेर्दा १०० जनाको हिसाब गर्दा हामीले दैनिक उत्पादन चाहिँ १ हजार पिस्भन्दा बढी नै गरिरहेका हुन्छौँ ।
यहाँबाट दैनिक कति मात्रामा ट्रयाक सुट, ब्याग र अन्य तयारी पोसकहरू उत्पादन गर्न सक्नु हुन्छ ?
यो विषय चाहिँ हामीलाई अडर कतिको आउँछ भन्ने कुरामा भर पर्छ । खासमा दैनिक Tracksuit ४०० जति, t-shirt २५०० जति र ब्याग १५० जति उत्पादन गर्न सकिन्छ । अडर धेरै आएको खण्डमा हामीले तिन चार दिनमा ६—७ हजार पिस पनि तयार गरेका छौँ ।

यहाँका उत्पादनहरू कुन–कुन क्षेत्रमा र कति कति जिल्लामा वितरण गर्नु हुन्छ ?
यहाँका उत्पालनहरु विशेषगरी नेपाल आर्मी, नेपाल प्रहरी तिर धेरै सप्लाई भइरहेको हुन्छ । लगभग नेपालका सबै जिल्लामा नेपालभरी नै जान्छ ।
तपाईको यहाँबाट मासिक रूपमा कति आम्दानी हुन्छ ?
सुरु सुरुमा त घाटामै थिए तर मैले निरन्तर रुपमा आफ्नो सम्बन्ध बिस्तार गर्दै गएँ र व्यापार पनि बढाउँदै गएँ त्यसले गर्दा अहिले मेरो मासिक १५—२० लाख आम्दानी यहाँबाट नै हुने गर्छ ।
हजुरलाई अन्य सामाजिक संघ संस्था तथा सरकारी निकायको तर्फबाट व्यवसायिक ऋणका लागि कतिको साथ सहयोग प्राप्त भइरहेको छ ?
रिर्टनिङ ग्रुपको साथ सहयोगले चाहिँ व्यवसामा धेरै मद्दत गरेको छ । सरकारबाट आर्थिक सहयोग त्यस्तो केही प्रदान भएको छैन तर मैले हाम्रो मन्त्री गोर्कण बिष्टज्यूबाट सम्मान पाएँ । त्यो नै मेरो लागि ठूलो कुरा हो । कारोबार राम्रो भयो भने बैँकले सहयोग गरि नै हाल्छ । बैँकले हामी साना व्यापारीहरुलाई चाहिँ १० करोडको धितो छ भने ५ करोडको ऋण दिन्छ तर ठूला व्यापारीहरुलाई भने ५ करोडको धितो रहेतापनि १० करोडको ऋण दिन्छ । यो कुरा खेदजनक छ ।
सरकारले सहुलियतापूर्ण कर्जा भनेर विदेशबाट फर्केका व्यक्तिहरूका लागि ल्याएका प्याकेजहरूमा हजुरको कहिले सहभागिता जनाउनु भएको छ कि छैन ?
त्यसमा १०—१५ लाखको Criteria हुने र त्यति रकमले खासै प्रभाव नपर्ने हुनाले मैले सहभागिता लिएको छैन ।
अन्त्यमा, स्वदेश फर्किन खोजेका व्यक्तिहरूको लागि यहाँको सन्देश के रहन्छ ?
म पनि पैसा नभएर कोरिया गएको हुँ । केही पैसा लिएर आएपछि बल्ल यहाँ काम गर्न सम्भव थियो । विदेशमा सिकेको सिप स्वदेश ल्याएर बैँकबाट केही ऋण लिई हरेश नखाई काम ग¥यो भने अवश्य सफल भइन्छ । त्यसैले आउनुहोस स्वदेशमै मिलेर काम गरौँ भन्न चाहान्छु ।











प्रतिकृया दिनुहोस्