- २७ भाद्र २०८१, बिहीबार १५:५९
मकवानपुर जिल्ला बकैया गाउँपालिकाले विभिन्न बिषयका ६४ जना शिक्षकको लागि आवेदन माग गरेको छ।
बकैया गाउँ कार्यपालिकाको मिति २०८१ साउन २० गतेको निर्णयानुसार उक्त गाउँपालिकामा अवस्थित सामुदायिक विद्यालयहरुमा रिक्त हुन आउने शिक्षक दरवन्दी, राहत अनुदान कोटा, संघीय, प्रादेशिक तथा गाउँपालिका अनुदान कोटामा शिक्षक पदपूर्तीको लागि दोस्रो पटक आवेदन माग गरेको हो।
बकैया गाउँपालिकाको करार शिक्षक छनौट कार्यविधि, २०८० अनुसार तपसिल अनुसारको पद र संख्यामा करार सूचीमा सूचिकृत गर्ने प्रयोजनार्थ करार शिक्षक छनौट गर्नुपर्ने भएको हुँदा पोग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट सूचना प्रकाशन भएको मितिले १५ पन्ध्र दिनभित्र कार्यालय समयमा रीतपूर्वक फारम भरी दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ।
गाउपालिकाले माध्यमिक तृतीय अंग्रेजी ८ जना, नेपाली ८ जना, गणित ९ जना, बिज्ञान १० जना, अर्थशास्त्र ९ जना साथै निम्नमाध्यमिक तृतीय श्रेणी अंग्रेजी १० जना, नेपाली ८ जना, गणित १० जना र बिज्ञान १० जना शिक्षकको लागि आवेदन माग गरेको सुचनामा उलेख छ।
दर्खास्त दिने अन्तिम मिति २०८१ असोज ९ गते रहेको छ।










प्रतिकृया दिनुहोस्