- १७ भाद्र २०८१, सोमबार १५:०६
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय एकाइ समितिले त्रिवि विश्वविद्यालय परिसरमा बृहत् खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
परिषद् विश्वविद्यालय एकाइ समितिले रक्तदान जीवन दान भन्ने मुल नारा दिँदै आइतबार त्रिविकाे केन्द्रीय क्याम्पस घडि भवनकाे प्राङगणमा उक्त खुल्ला रक्तदान कार्यक्रमकाे आयोजित गरिएको त्रिवि संयाेजक सुस्मिता चालिसेले जानकारी दिनुभएको छ ।
विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र बहादुर राईले ओैपचारिक रूपमा उद्घाटन गर्नु भएको कार्यक्रममा त्र.वि. स्ववियु सभापति श्याम राज ओझाले परिषद्ले गरेको पवित्र कार्यक्रमकाे प्रसंशा गर्नु भएको थियोे ।
त्यसैगरी प्रिन्सिपल राईले रगत दान गर्ने जस्तो पवित्र कार्य गर्नु एक उदाहरणीय कार्य भएकोले सधैंव परिषद्ले यस्तो गर्दै गइरहन आग्रह गर्नु भएको थियोे ।
विद्यार्थी परिषद्ले हरेक वर्ष रगत अभावका कारण अकालमै ज्यान गुमाउनु पर्ने बाध्यताकाे अन्त्य गर्नका लागि उक्त बृहत् खुल्ला रक्तदन कार्यक्रमकाे आयोजना गरिएको कार्यक्रम संयाेजकले बताउनु भयो ।
विश्वविद्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा विश्वविद्यालयमा अध्ययनरत र अन्य विद्यार्थी, परिषद्का कार्यकर्ताहरूगरी ३७ जनाले रक्तदान गरिएको विद्यार्थी परिषद् त्रिवि एकाइले जनाएको छ ।










प्रतिकृया दिनुहोस्