- ९ भाद्र २०८१, आईतवार २०:४८
गुल्मी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गुल्मी जिल्ला मुसिकाेट नगरपालिकाकाे दुर्गाभवन मा. विका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यार्थी परिषद्ले गुल्मी जिल्लाकाे मुसिकाेट नगरपालिका स्थित वडा नम्बर – ५ आँपचौरमा रहेको दुर्गाभवन मा. वि मा कक्षा ६ – १२ का अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको परिषद्ले जनाएको छ ।
परिषद्ले यस वर्ष पनि भारत सरकार र भारतीय जनताको सहयोगमा र सेवा र विकासका लागि युवाकाे समन्वयमा १६ वटा जिल्लाका २५२५ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने याेजना अनुरूप भदौ ९ गते गुल्मीकाे उक्त विद्यालयका विद्यार्थीहरूलाई झाेला, कापि, पेन,ज्यामिति बकस, विद्यालयलाई शब्द काेष, प्राज्ञिक अङ्ग्रेजी बाेलिचाली पुस्तक लगायतका सामग्रीहरू वितरण गरिएको महासचिव विष्णुप्रसाद पंगेनीले बताउनु भएको छ ।
वितरण कार्यक्रममा प्रमुख अतिथि विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद प्रसाद पंगेनी, मुसिकाेट न.पा. ५ नम्बर वडाका वडा अध्यक्ष ऋषिश्वर अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यमुर्ती खरेल, दुर्गाभवन माविका प्राचार्य, विष्णुप्रसाद भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम खरेल, वडा सदस्यहरू तथा वि.व्य.स. का सदस्यहरू, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरूकाे विशेष उपस्थिति रहेको थियाे ।











प्रतिकृया दिनुहोस्