- ५ भाद्र २०८१, बुधबार १६:१७
इस्लामावाद, ४ भदौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् । ‘अक्सफोर्ड युनिभर्सिटी चान्सलर इलेक्शन २०२४’ को लागि उनले आवेदन दिएका हुन् ।उनी एकवर्षभन्दा बढी समयदेखी जेलमा बन्द छन् भने पाकिस्तानका पूर्व क्रिकेटर पनि हुन् । इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै यसबारे जानकारी दिएका छन् । इमरान खानको निर्देशनमा आफूले ‘अक्सफोर्ड युनिभर्सिटी चान्सलर इलेक्शन २०२४’ को लागि खानको आवेदन फारम बुझाएको उनले बताएका छन् ।
विश्वविद्यालयले उम्मेदवारको नामावली आगामी अक्टुबरमा सावैजनिक गर्ने सम्भावना छ भने मतदान अक्टुबर २८ मा अनलाइनबाट हुने छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्