- ३१ श्रावण २०८१, बिहीबार १७:३९
भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै ज्यान गएको छ। स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो। ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो।
ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै अहिले त्यहाँ ठूलो संख्यामा जम्मा भएर सर्वसाधारणले विरोध गरिरहेका छन्।
मृतकको सनाखत हुन सकेको छैन। दुर्घटना स्थलमा तनाव भएकाले प्रहरीले थप प्रक्रिया सुरु गर्न नसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले बताए।
भीडकै कारण ट्रकले घिसारेर किचिरहेको शव निकाल्न लगिएको क्रेन पनि फर्काइएको छ। सडक रगताम्य छ। अहिले त्यहाँ जम्मा भएको भीडले प्रहरीको विरोध गरिरहेको छ। यस क्रममा केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ। प्रहरीले अवस्था नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।










प्रतिकृया दिनुहोस्