बुढानीलकण्ठ नगरपालिका वडा न ४ मा रहेको नीलकण्ठ यूवा समितीको आयोजनामा नीलकण्ठ नगरकप फुटसल प्रतियोगिता संचालन हुने भएको छ | बुढानीलकण्ठ नगरपालिका वडा ४ मा रहेको पासिकोट फुटसल मैदानमा भाद्र ४ गते प्रतियोगिता सुरुहुने जानकारी आयोजकले प्रदान गरेको हो |

बुढानीलकण्ठ नगर भित्रको मानिसहरुको मात्र सहभागिता रहने उक्त फुटसल प्रतियोगिताको बिजेता टिमले नगद ३०००० तीस हजार प्राप्त गर्ने त् दितीय हुने टिमले नगद १५००० पन्ध्र हजार प्राप्त गर्ने समेत आयोजकले जानकारी प्रदान गरेका छन् | उत्कृष्ट विधा तर्फ समेत पुरस्कारको व्यवस्था रहेको प्रथम निलकण्ठ फुटसल प्रतियोगितामा अन्दाजी ३५ टिमको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।