- ७ श्रावण २०८१, सोमबार १०:२५
साउन ७, काठमाडौं । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका(१ स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ पुगेको थियो ।
सूचना प्राप्त हुनासाथ मोहनपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट टोली रायको घरमा पुगेको थियो । प्रहरीका अनुसार राय आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए । उनको टाउकोको बायाँ पट्टी भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । उनको शव सुत्ने खाटको छेउमा उत्तानो अवस्थामा रहेको थियो ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । सोमबार बिहानै धनुषा लालगढबाट कुकुरसहितको टोली घटना स्थलमा आइपुगेको छ । त्यस्तै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेलको टोली पनि घटनास्थलमा पुगेको छ ।
८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।










प्रतिकृया दिनुहोस्