- ५ श्रावण २०८१, शनिबार १९:०६
काठमाडौं : नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हदले अवकाश पाउने भए पनि उनले पाँच महिनाअगावै राजीनामा दिएका हुन् ।
अधिकारी हाल नेपाल कानून आयोगमा सचिवमा कार्यरत छन् । स्रोतका अनुसार उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको छ ।
सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि उनले राजीनामा दिने निर्णय गरेको निकट स्रोतको भनाइ छ ।
उनले लामो समय सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवका रुपमा काम गरेका थिए । २०५० सालमा निजामती सेवा प्रवेश गरेका उनले ३१ वर्षको कार्यकाल सकाएर आइतबार बिदा हुँदैछन् ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्