- २० असार २०८१, बिहीबार १६:५९
विद्यार्थीले कक्षा ११ अध्ययन गर्ने विद्यालय छनोट गर्दा विद्यालयको गुणस्तर, विगतको नतिजा, त्यहाँबाट उत्तीर्ण विद्यार्थीको जीवनशैली र रोजगारीको अवसरका बारेमा ध्यान दिदैँ विद्यालयले विद्यार्थीलाई प्रदान गर्ने सेवासुविधा, फ्यागल्टी मेम्बर, शिक्षक, छात्रवृत्ति लगायतका कुरामा ध्यान दिनुपर्ने हुन्छ।
विद्यार्थीले विद्यालय छनोट गर्दा ध्यान दिनुपर्ने १० कुरा
१. विद्यार्थी एंव अभिभावकले सर्वप्रथम कुशल व्यवस्थापन र दक्ष अनुभवि शिक्षक भएको विद्यालय छनोट गर्नुपर्छ।
२. विद्यालयले आफ्नो लामो अनुभवबाट अभिभावकसँग समन्वयकारी भूमिका निर्वाह गर्दै विश्वसनियता हासिल गर्न सकेको विद्यालय रोज्नुपर्छ।
३. अध्ययन अध्यापनलाई प्राथमिकतामा राख्दै राजनीतिक गतिबिधीबाट मुक्त विद्यालय विद्यार्थीका लागि उपयुक्त हुन्छ।
४. विद्यार्थीले आफू बस्ने घर देखी विद्यालय सम्मको दुरी कम भएको विद्यालय रोज्नुपर्छ।
५. अभिभावकले धान्न सक्ने शैक्षिक शुल्क भएको विद्यालयमा आफ्ना छोराछोरीलाई अध्यापन गराउनु नै उपयुक्त हुन्छ।
६. विद्यालयको कक्षा कोठा र विद्यालय परिसरको वातावरण विद्यार्थीमैत्री र प्रविधी मैत्री हुनुपर्छ।
७. विद्यार्थीले विद्यालयले आन्तरिक क्रियाकलाप, अध्ययन, अध्यापनसँगै बाह्य क्रियाकलापमा जोड दिने विद्यालय छनोट गर्नुपर्छ।
८. विद्यालयले रचनात्मक तथा प्रयोगात्मक सिकाइलाई कसरी उपयोग गरेको छ भन्ने विषयमा अभिभावक र विद्यार्थीले ध्यान दिनुपर्छ।
९. विद्यार्थीले आफू अध्ययन गर्न जान चाहेको विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको स्थिति कस्तो छ? त्यहाँका उत्पादनले स्वदेशी तथा विदेशी विश्वविद्यालयमा भर्ना पाएका छन् कि छैनन्? रोजगारीको अवस्था के छ ध्यान दिनुपर्छ।
१०. विद्यालयको भौतिक शैक्षिक पूर्वाधार, ल्याब, लाइब्रेरी, खेल मैदान जस्ता कुरामा पनि ध्यान दिनु जरुरी छ।










प्रतिकृया दिनुहोस्