- ३१ जेष्ठ २०८१, बिहीबार ११:५९
काठमाडाैँ- अस्ट्रेलिया सरकारले आप्रवासन नियममा परिवर्तन गर्दै अस्ट्रेलियाकाे विद्यार्थी भिसामा थप कडाई गर्ने भएकाे छ। अस्ट्रेलियाले पर्यटक भिसा र अस्थाई आवासीय भिसालाई विद्यार्थी भिसामा परिवर्तन गर्न नपाउने नियम बनाएकाे हाे।
अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिनादेखि पर्यटक भिसामा रहेका तथा टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने बताएकी हुन्।
याे व्यवस्था लागू भएसँगै अस्ट्रेलियामा पर्यटकका रुपमा टुरिस्ट भिसामा आउने र यहाँको अध्ययन सकेपछि टेम्पोररी ग्राजुएट भिसा (टीआर) मा रहेका विदेशी नागरिकले पुन: विद्यार्थी भिसाको आवेदन दिन पाउने छैनन्। यी दुई भिसा क्याटागोरी (सबक्लास ६०० र ४८५) मा रहेकाले अस्ट्रेलियाबाट (अनसोर) विद्यार्थी भिसाको आवेदन दिन पाउँदैनन्। उनीहरुले आफ्नै देश फर्किएर विद्यार्थी भिसा आवेदन दिनुपर्ने हुन्छ।
नेपाल लगायतका देशबाट टुरिस्ट भिसामा अस्ट्रेलिया जाने र त्यहाँ गएपछि उक्त भिसालाई विद्यार्थी भिसामा परिवर्तन गरेर त्यतै बस्ने प्रचलन थियो। यसैगरि निश्चित अध्ययन सकेपछि पाइने ग्राजुएट भिसाको अवधि सकेपछि पुन: विद्यार्थी भिसामा आवेदन दिएर त्यतै बस्नेको संख्या समेत व्यापक थियो।
यसअघि पनि अष्ट्रेलियाले विद्यार्थी भिसामा परिवर्तन गर्दै लगेकाे थियाे।










प्रतिकृया दिनुहोस्