- ७ जेष्ठ २०८१, सोमबार १७:०१
जेठ ७, काठमाडौं । बुद्धजयन्तीको अवसरमा बौद्ध काठमाडौंमा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । २५६८ औं बुद्धजयन्तीको अवसरमा आइतवार बुद्ध शान्ति र सम्पदा शीर्षक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको हो।
बौद्धनाथ क्षेत्र विकास समिति तथा २५६८औं बुद्ध जयन्ती मुल समारोह समितिद्वारा आयोजित प्रतियोगितामा नौ विद्यालयका १८ जना विद्यार्थी सहभागी भएका थिए।
प्रतियोगितामा कैलाशबोधी बोर्डिङ स्कुलका ङिकी डोमा लामा पहिलो हुनुभएको छ। मङ्गलदीप बोर्डिङ स्कुलका छेवाङ ग्याल्छेन लामा दोस्रो र अरुणिमा माविका कन्या राई तेस्रो हुनुभएको छ ।
यसैगरी प्रतियोगितामा सान्त्वना पुरस्कार कैलाशबोधी बोर्डिङ स्कुलका पासाङ भोटे, लर्ड बुद्ध माविका स्मृति गोले र मङ्गलदीप बोर्डिङ स्कुलका थिन्जे वाछेनले प्राप्त गर्नुभएको छ। चित्रकला प्रतियोगिताको निर्णायकका रूपमा कलाकार सरिता डङ्गोल हुनुहुन्थ्यो।

















प्रतिकृया दिनुहोस्