- ३ जेष्ठ २०८१, बिहीबार १३:५९
भारत र चीनबीचको छिमेकी रहेको नेपालले दुवै देशबाट फाइदा लिन सक्नुपर्ने राजनीतिज्ञहरूले बताएका छन्।
राजनीतिक कुरालाई मात्र चीन र भारतसँग मिसाउने नभई आर्थिक र प्रगतिका कुरामा पनि भारत र चीनबाट फाइदा लिन सक्नुपर्ने उनीहरूको भनाइ थियो।
अनेरास्ववियुले स्थापना दिवसको अवसरमा आयोजना गरेको विद्यार्थी महोत्सव कार्यक्रममा बदलिदो भूराजनीति र नेपाल विषयमा छलफल गर्दै राजनीतिज्ञहरू यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले राज्यले आफ्ना लागि आफै जगेर्ना गर्ने काम गर्नुपर्ने बताए। उनले छिमेकी मुलुकको मुख ताक्ने मात्र भन्दा पनि विकासका काममा लाग्नुपर्ने औल्याए।
यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले भारत र चीनबीच रहेकोमा गौरव गर्नुपर्ने बताए। उनले सत्ता फेरबदलमा मात्र छिमेकीलाई ल्याउनुभन्दा छिमेकीबाट फाइदा हुने काम गर्नुपर्ने बताए। यस्तै कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता राम कार्कीले अर्बौ जनसंख्या भएका छिमेकी राष्ट्र पाउनुलाई अवसरका रुपमा नेपालले लिनुपर्ने बताए।
उनले यस्तो अवसर खाडी वा अरब मुलुकले नपाउने सुनाए।










प्रतिकृया दिनुहोस्