- ३ जेष्ठ २०८१, बिहीबार १२:५५
संस्थागत विद्यालय शिक्षक युनियन (ISTU) काे राष्ट्रिय समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई विद्यालय शिक्षा बर्तमान अवस्था, निजी लगानीका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको समस्या समाधानकाे विषयमा ध्यानाकर्षण गराएकाे छ।
बुधबार मन्त्रालयमा इस्टुका अध्यक्ष हाेमकुमार थापा सहितकाे टाेलीले मन्त्री श्रेष्ठलाई यस अघि भएका सहमति कार्यान्नवयनका विषयमा ध्यानाकर्षण गराएकाे हाे।
इस्टुका अध्यक्ष थापाले मन्त्री श्रेष्ठलाई इस्टुमा शिक्षककाे आवद्धता, विगतमा इस्टुले गरेकाे आन्दोलन पश्चातको सहमती र लागू गर्न बाँकी रहेका विषयबस्तुकाे बारेमा छलफल गरि सुझाव पत्र हस्तान्तरण गरेकाे बताए।
उनले भने, ‘मन्त्रीज्युले शिक्षकहरूका हकमा शिक्षा ऐन र नियमावलीमा भएका प्रावधानहरू लागू गराउने कुरामा आफू कटिबद्ध भएको र तत्काल काम थाल्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो। यसका निम्ति शिक्षकहरूले पनि साथ दिनु पर्ने र कोहि पनि ऐन नियम भन्दा माथी नभएको कुरा बताउनु भयो।’











प्रतिकृया दिनुहोस्