- २३ बैशाख २०८१, आईतवार ०९:०३
नेकपा माओवादी केन्द्र निकट शिक्षकहरूको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन खोटाङको अध्यक्षमा भवकृष्ण ढकाल चयन भएका छन्।
दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा शनिबार साँझ सम्पन्न संगठनको छैटौँ जिल्ला अधिवेशनले निवर्तमान जिल्ला सचिव ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो।
एकचालीस सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा गोविन्द कटवाल, सचिवमा सुवासचन्द्र राई तथा अर्थसचिवमा चक्रबहादुर राई चयन भएका निवर्तमान अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए।
उपाध्यक्षमा चयन भएका कटवाल प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङको अध्यक्ष परित्याग गरेर एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश भएका हुन्।
अधिवेशनले एक सदस्य पछि थप गर्नेगरी ११ सदस्यीय सचिवालय समितिसमेत चयन गरेको निर्वाचन मण्डलले जनाएको छ।
जिल्ला सचिवालय समितिमा चार जना पदाधिकारी स्वतः हुने विधानमा व्यवस्था छ भने पर्शुराम राई, सन्तोष विश्वकर्मा, धनकुमारी राई, पार्वती राई, बेनु राई र टीकाराम राईलाई चयन गरिएको निवर्तमान अध्यक्ष गुरुङले जानकारी दिएका छन्।










प्रतिकृया दिनुहोस्