ljBfyL{sf] ;d"xnfO{ ;xof]u ub}{ :yfgLo ljgf]b af]x/f s}nfnL, !@ k'; M ljB'tLo sf/ lgdf{0f u/]sf wgu9Lsf] PS;L; ljBf>d sIff !) df cWoog/t rf/ hgf ljBfyL{sf] ;d"xnfO{ ;f]daf/ ? kfFr xhf/ ;xof]u ub}{ :yfgLo ljgf]b af]x/f æaf]u6fgL lsËÆ . nfdf] ;dob]lvsf] cg';Gwfgsf qmddf /x]sf Clifs]z yfkf, /f]lxt P]/, cflbTo hf]zL / ;Ifd /]UdLsf] 6f]nLn] sjf8 ;fdu|L a6'n]/ ? Ps nfv %) xhf/sf] nufgLdf pQm sf/ lgdf{0f u/]sf] atfOPsf] 5 . t:jL/ M ltns/fh cf]emf÷ /f;;
- १५ पुष २०७८, बिहीबार १४:०३
विद्युतीय कार बनाउने विद्यार्थी समूहलाई आर्थिक सहयोग जुट्न थालेको छ ।‘विद्युतीय कार’ बनाउने एक्सिस विद्याश्रम धनगढी कक्षा १० मा अध्ययनरत विद्यार्थीको समूहलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आज आर्थिक सहयोग गरेका हुन् ।
कार निर्माण गर्दाको उधारो तथा तिर्नुपर्ने रकम र केही सहयोग जुटाएर पुनः अरु विद्युतीय सामग्री निर्माण गर्ने ती विद्यार्थीको चाहना बमोजिम नगद रु पाँच हजार सहयोग गरेका हुन् ।
विद्युतीय कार निर्माणका क्रममा भएको खर्च व्यवस्थापन गर्न असहज भएको र फेरि रकम जम्मा गरेर पुनः अन्य सामग्री निर्माण गर्ने भनेको थाहा पाएपछि सानो सहयोग गरेको निर्माता बोहराले बताए ।
विद्युतीय कार निर्माणपश्चात् पहिलो पटक यसरी बाहिरबाट प्राप्त भएको सहयोगले अझ केही गर्ने हौसला थपिएको कार निर्माण गर्ने समूहका विद्यार्थी ऋषिकेश थापाले बताए । करिब दुई वर्षदेखिको अनुसन्धानका क्रममा रहेका ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी र सक्षम रेग्मीको समूहले कवाडी सामग्री बटुलेर रु. एक लाख ५० हजारको लागतमा विद्युतीय कार निर्माण गरेका हुन् । निर्माण गरिएको कारको नाम ‘सारा अल्फा’ दिइएको छ ।
चार महिना लगाएर निर्माण गरेको कारमा चालकसहित पाँचजना बस्न सक्ने क्षमता रहेको छ । गाडीमा सबै पार्टपूर्जा वेल्डिङ गरिएका छन् । कारमा चारवटा ब्याट्री जडान छन् । अहिलेको अवस्थामा ७० किलोमिटर टाढा जान सक्ने र सात क्विन्टल भार बोक्न सक्ने जनाइएको छ ।










प्रतिकृया दिनुहोस्