- १९ बैशाख २०८१, बुधबार १२:२४
काठमाडौँ- ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक भएको छ। किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको संकलन गरिएको छ।
भुपेन्द्र बहादुर क्षेत्रीको संकलन रहेको यो पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गरेका हुन्।
विश्वमञ्चमा भारत नयाँ तवरले अघि बढिरहेको र त्यसको नेतृत्व मोदीले गरिरहेकाले विश्वमञ्चमा भारतको उपस्थितीबारे जानकारी गराउने उद्देश्यले दशक यताका उनका २९ भाषण नेपालीमा अनुवाद गरिएको चन्दले बताए।
‘विश्वमञ्चमा भारत नयाँ ढंगले अघि बढिरहेको छ।अन्तर्राष्ट्रिय मञ्चहरुमा भारतले आफुलाइ सशक्तरूपमा अघि सारिरहेको परिवेशमा त्यसको नेतृत्व गर्ने नरेन्द्र मोदीको विश्वप्रतिको दृष्टिकोण बुझ्न पुस्तकले सघाउँछ,’ चन्दले भने ।
सार्क बैठक सहित प्रधानमन्त्री नरेन्द्र मोदी चार पटक नेपाल भ्रमणमा आएकाछन्। नेपालको जनकपुर, लुम्बिनीदेखि मुत्तिनाथसम्म पुगेका मोदीले सन् २०१४ यता एक सय भन्दा बढी यात्रा गरेकाछन्। ‘यी सबै यात्रा र सम्बोधनहरुमध्ये महत्वपूर्ण ठानिएका सम्बोधन संकलन गरेर नेपालीमा अनुवाद गरिएको हो,’ क्षेत्रीले सुनाए।
नेपाल र भारतको प्रागऐतिहासिक कालदेखि सम्बन्ध जोडिएको बताउँदै क्षेत्रीले भने, ‘छिमेकी पहिलोको नीति लिएको भारत विश्वका विभिन्न मञ्चमा कसरी प्रस्तुत भईरहेको छ भनेर आम नेपालीलाई समेत थाह होस भन्ने उदेश्यले नरेन्द्र मोदीका भाषण नेपालीमा अनुवाद गरिएको हो ।’
इन्डिगो इंकले बजारमा ल्याएको पुस्तकको मूल्य ५४९ रुपैयाँ छ।










प्रतिकृया दिनुहोस्