- ११ बैशाख २०८१, मंगलवार १६:०३
काठमाडौं : मलेसियामा दुई सैनिक हेलिकप्टर एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।
९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन्।
रोयल मलेसियन नेभी परेडका क्रममा एउटा हेलिकप्टर अर्को हेलिकप्टरको पङ्खामा ठोक्किएपछि दुवै हेलिकप्टर जमिनमा खसेका थिए। एउटा हेलिकप्टरमा सात जना र अर्कोमा तीन जना सवार थिए। हेलिकप्टरमा सवार दश जनाकै ज्यान गएको रक्षा मन्त्रालयले जनाएको छ।

सरकारले दुर्घटनाग्रस्त दुई नौसेना हेलिकप्टरको कारण पत्ता लगाउन एक छानबिन बोर्ड गठन गर्ने जनाएको छ।
रक्षा मन्त्री दातुक सेरी मोहम्मद खालेद नोर्डिनले दुर्घटनाको कारण पत्ता लगाउन बोर्ड गठन गरिने जानकारी दिए। दुर्घटनाग्रस्त एक हेलिकप्टर स्विमिङ पुलमा दुर्घटनाग्रस्त भयो र अर्को सैन्य परिसर भित्रको स्टेडियममा खसेको थियो।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्