- ९ बैशाख २०८१, आईतवार १६:४४
वैशाख ९, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ ले वैशाख १३ गते र १४ गते २ दिने धार्मिक यात्रा गराउने भएको छ । वडा नं. ९ ले वडामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, विधवा तथा एकल भत्ता खाने सम्पुर्ण लाभग्राहीहरुलाई धार्मिक यात्रा गराउन लागेको हो ।
धार्मिक यात्रा रामेछापको खाँडादेवी हुँदै खोटाङको हलेसी तथा वाटोमा पर्ने अन्य धार्मिक स्थलहरु रहनेछ । वडा अध्यक्ष राजिव थापाले वैशाख ७ गते एक सूचना जारी गर्नु हुँदै भ्रमणमा जान इच्छुकहरुले वडा कार्यालयमा नाम टिपाउन हुन अनुरोध गर्नु भएको छ ।
धार्मिक यात्राको विवरण :-
मिति : २०८१/०१/१३ गते देखि १४ सम्म एक रात दुई दिनको यात्रा ।
स्थान : रामछापको खाँडादेवी हुँदै खोटाङको हलेसी तथा वाटोमा पर्ने अन्य धार्मिक स्थलहरुको यात्रा ।
थप जानकारीका लागि सम्पर्क व्यक्ति : राजिव थापा ९८४१८८६२५२ , वडा कार्यालय ०१–४९१०६५६











प्रतिकृया दिनुहोस्