- ९ बैशाख २०८१, आईतवार ०७:२१
बैशाख, ९ काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उपकुलपति प्रा.डा. केशरजंग बरालको त्रिवि सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र बिश्वबिद्यालयको वेबसाईटमा सार्वजनिक गरिएको छ । उपकुलपति बरालले खुला प्रतिस्पर्धात्मक प्रस्तुति तथा अन्तर्वार्तामा प्रस्तुत गरेको ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र’ त्रिभुवन बिश्वबिद्यालयको वेबसाइटमा राखिएको हो ।
२३ पृष्ठ लामो ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र’ मा उपकुलपति बरालले विश्वविद्यालयको गुणस्तर अभिवृद्धि र प्रभावकारिता, विश्वविद्यालयको सम्पत्तिको आर्जन, उपयोग र आत्मनिर्भरता, आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको सुदृढीकरण, विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्ने, र विश्वविद्यालयको पारदर्शिता र जवाफदेहितासम्बन्धी अवधारणा राखेका छन् ।
त्यसैगरी बरालले सोछ-पत्रमा बिश्वबिद्यालयको व्यावसायिक योजनालाई बिस्तृत रुपमा प्रास्तुत गरेका छन। साथै उपकुलपति बरालले त्रिविको समग्र उत्तीर्ण दर कम देखिएकोले राष्ट्र र अभिभावकको लगानी खेर गएको र उच्च शिक्षाको उत्पादन लागत बढी देखाएको उल्लेख गरेका छन् ।
यस्तो छ सोच-पत्र
https://drive.google.com/file/d/19GXhCaMxnUzWwKiEAsa3A7fZ21U_Q_oh/view?usp=drivesdk










प्रतिकृया दिनुहोस्