- ३ बैशाख २०८१, सोमबार ०८:०६
काठमाडौँ । ओलम्पियन एवम् नेपाली एसाेसिएसन अफ ओरेगनका अध्यक्ष नारायण गुरूङ भुकम्प प्रभावित क्षेत्र जाजरकाेटमा पुगेका छन् ।
उनी भूकम्पबाट प्रभावित बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गर्न जाजरकोट पुगेका हुन ।
अमेरिकाकाे इन्टेल कम्पनिमा कार्यरत नेपालीहरूकाे सक्रियता र नेपाली एसाेसिएसन अफ ओरेगनकाे सहयाेगमा प्राज्ञिक विद्यार्थी परिषद नेपालकाे समन्वयमा जाजरकाेटका ५०० विद्यार्थीहरूलाई शैक्षिक सामाग्रि वितरण गर्ने कार्यक्रम रहेकाेले उनी जाजरकोट पुगेका हुन ।

विद्यार्थी परिषद्काे समन्वयमा र ओरेगनकाे सहयोगमा जाजरकोटका ५०० बालबालिकाहरूलाई विद्यालय झाेला, कापि, कलम, सुइटर, ज्यामिति बक्स, नेपाली अङ्ग्रेजी सिकाई पुस्तक लगायतका शैक्षिक सामग्रीहरू वितरण गरिने विद्यार्थी परिषद्ले जनाएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्