- १९ चैत्र २०८०, सोमबार ०५:४१
काठमाडौँ प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशकाे समग्र शैक्षिक सुधारकाे लागि भन्ने मुलनाराका साथ आफ्नो ७ वटै प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन सम्पन्न गरेको छ ।
यहीँ फागुन १७ गतेदेखि (जानकी) मधेस प्रदेशबाट सुरु गरिएको परिषद्काे अधिवेशन यहीँ चैत्र १८ गते सुदुरपश्चिम प्रदेशकाे सकिएसँग उक्त अधिवेशन सम्पन्न भएको विद्यार्थी परिषद्ले जनाएको छ ।

परिषद्ले चाैथाे प्रदेशबाट सातै प्रदेशमा नयाँ कार्यकारीणी समिति पनि चय गरेको छ । साथै उक्त अधिवेशनले सबै प्रदेशहरूमा देशकाे समग्र शिक्षा सुधार र समसामयिक महत्त्वकाे विशेष प्रस्ताव पनि पारित गरेको छ ।
परिषद्ले फागुन १७, १८ र १९ मा जानकी ( मधेस ) प्रदेश, फागुन २६, २७ र २८ मा लुम्बिनी प्रदेेेश, चैत्र १, २ र ३ मा सगरमाथा ( काेशी), बाग्मती र गण्डकी प्रदेश, चैत्र ८, ९ र १० मा कर्णाली प्रदेश र चैत्र १६, १७ र १८ मा सुदुरपश्चिम प्रदेशकाे अधिवेशन सम्पन्न गरेकाे विद्यार्थी परिषद् केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्कीले जानकारी दिएका छन् ।
अधिवेशनमा सबै प्रदेशकाे मिलाएर ७०० भन्दा प्रतिनिधिहरूकाे सहभागीता रहेको परिषद्ले जनाएको छ ।




















प्रतिकृया दिनुहोस्