- १३ चैत्र २०८०, मंगलवार १४:१४
भिसाको अवधि सकिएपछि पनि नेपाल बसिरहेका ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बंगलादेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरी गैराकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिहरूमा संलग्न रहेको सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार पक्राउ पर्नेमा २६ वर्षीय एमडी रिफात अहमद, २३ वर्षीय एमडी अब्दुलला, ४५ वर्षीय समसुल होडा, ३० वर्षीय अब्दुस विश्वास र ३६ वर्षीय एमडी मासुम मिहा रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको पोखरेलले बताए ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्