- १० चैत्र २०८०, शनिबार १९:२९
बाँके । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कर्णाली प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन बाँकेकाे काेहलपुरमा सम्पन्न भएको छ ।
शिक्षाकाे समग्र सुधारका लागि चाैथाे कर्णाली प्रदेश अधिवेशन भन्ने मुल नाराका साथ आयोजना गरिएको अधिवेशन यहीँ चैत्र ८ बाट सुरु भई चैत्र १० गते सम्पन्न भएको परिषद्ले जनाएको छ ।
कर्णाली प्रदेशकाे चाैथाे प्रदेश अधिवेशनबाट प्रदेश अध्यक्षमा भीम प्रसाद खरेल र सचिवमा जनता रैका निर्वाचित भएकी छिन् ।
अधिवेशनमा विद्यार्थी परिषद्का कर्णाली प्रदेश अध्यक्ष भीम प्रसाद खरेल, प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय उपकुलपति प्रा. विनोद प्रसाद ढकाल, परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पङ्गेनी, विशिष्ट अतिथि अखिल भारतीय विद्यार्थी परिषद्का क्षेत्रीय संगठन मन्त्री मनोज निखरा, परिषद्का कर्णाली प्रदेश सचिव जनता रैका, कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, स्वागत समिति अध्यक्ष संजीव कुमार पङ्गेनी, स्वागत समिति सचिव अन्जना पाण्डे, राष्ट्रिय सह संगठन सचिव रमेश कणडेल लगायतका व्यक्तिहरूको विशेष उपस्थिति रहेको परिषद्ले जनाएको छ ।











प्रतिकृया दिनुहोस्