- ७ पुष २०७८, बुधबार २२:०५
अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरी तयार पारिएको यो कोर्षमा कुल १२६ क्रेडिट आवरको शैक्षिक कार्यक्रम रहेको छ । जब कि विश्वव्यापी रुपमा यो कोर्षको क्रेडिट आवर जम्मा १२० रहेको छ ।
पौडेलका अनुसार कुल १२६ आवरमध्ये ७५ क्रेडिट कम्प्युटर साइन्स, १५ केडिट आवर इलेक्टिभ्स, १२ क्रेडिट आवर नेचुरल साइन्स, ६ क्रेडिट आवर म्यानेजमेन्ट, ६ क्रेडिट आवर म्याथ, ३ क्रेडिट आवर टेक्निकल राइटिङ र ९ क्रेडिट आवर प्रोजेक्ट तथा इन्टर्नशिपका लागि छुट्याइएको छ ।
चार वर्षको अवधीमा विद्यार्थीले कुल ४० वटा विषय पढ्नुपर्छ । जसमा पहिलो दुई वर्षमा हरेक सेमेस्टरमा ५ का दरले कुल २० वटा विषय पढ्नुपर्छ भने तेस्रो बर्षबाट विद्यार्थीले हरेक सेमेस्टरमा आफूलाई मन पर्ने एउटा विषय छनौट गरेर पढ्न पाउँछन् ।
पौडेलका अनुसार विद्यार्थीको मूल्यांकन ग्रेडिङ सिस्टम (जीपीए) मा हुन्छ । जसमध्ये धेरैमा ८० अंक बोर्ड परीक्षा, २० अंक आन्तरिक मूल्याङ्कनमार्फत प्राप्त हुन्छ ।
तर, प्रोजेक्ट वर्क भएका विषयको हकमा ६० अंक बोर्ड परीक्षा, २० अंक आन्तरिक मूल्याङ्कन र २० अंक प्रोजेक्ट मूल्याङ्कनमार्फत प्राप्त हुन्छ ।
सातौं सेमेस्टरमा विद्यार्थीले १०० पूर्णाङ्कको मेजर प्रोजेक्ट गर्नुपर्ने हुन्छ । जसमा उत्तीर्ण हुन ४० अंक ल्याउनु पर्ने हुन्छ । यसैगरी, आठौं सेमेस्टरमा विद्यार्थीले २०० पूर्णाङ्कको लागि इन्टर्नशिप गर्नुपर्ने हुन्छ । जसमा पास हुन ८० अंक ल्याउनुपर्ने हुन्छ ।










प्रतिकृया दिनुहोस्