- २९ फाल्गुन २०८०, मंगलवार १७:३६
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले एउटै मितिमा तीन प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन गर्ने भएको छ ।
विद्यार्थी परिषद्ले यहीँ चैत्र १,२ र ३ गते काेशी प्रदेश , बाग्मती प्रदेश र गण्डकी प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन गर्न गइरहेको परिषद्ले जनाएको छ ।
शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि चाैथाे प्रदेश अधिवेशन भन्ने मुलनारासहीत उक्त प्रदेश अधिवेशन सम्पन्न हुने महासचिव पंगेनीले बताए । साथै अधिवेशनकाे तयारी पनि पूरा भइसकेको र तीनवटै प्रदेशकाे अधिवेशनमा अलग अलग जिल्लाबाट प्रत्यक प्रदेशमा १२० जना भन्दाबढी अधिवेशन प्रतिनिधिहरूकाे सहभागीता रहने परिषद्ले जनाएको छ । परिषद्ले काेशी प्रदेशकाे अधिवेशन झापाकाे दमकमा, वाग्मती प्रदेशकाे काठमाडौंकाे कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसरमा र गण्डकीकाे पाेखरामा सम्पन्न गर्न गइरहेको छ । उक्त अधिवेशनबाट महत्त्वपूर्ण प्रस्तावहरू र नयाँ प्रदेश कार्यसमिति पनि चयन गर्ने छ ।










प्रतिकृया दिनुहोस्