- २९ फाल्गुन २०८०, मंगलवार १६:०२
फागुन २९, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ स्थित बायोका सामुदायिक स्कूलले वार्षिक प्रदर्शनी तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
आइतवार आयोजित शैक्षिक प्रदर्शनी बागमती प्रदेशसभा सदस्य माननिय बिमल ठकुरीको प्रमुख आतिथ्यता मा भएको थियो । प्रदर्शनी कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सुरज खड्का, वडा सदस्यहरु, स्कूलका संस्थापक गुठियारहरु, ब्यवस्थापन समिति, अभिभावक, विद्यार्थी तथा स्थानियहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्याथीहरुद्वारा निर्मित करिव ६० प्रकारका परियोजनाहरु प्रदर्शनीमा राखिएको थियो ।
रोवोटिक्स, विज्ञान, मेन्टल म्याथ, अंग्रेजी, नेपाली, गणित, सामाजिक, स्थानीय पाठ्यक्रम लगायतका विषयहरुको परियोजनाहरु समेटिएको सो कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा गायन समेत प्रस्तुत गरेका थिए । स्कूल प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा शैक्षिक सत्र २०८० मा भएका सम्पुर्ण अतिरिक्त कृयाकलापका बिजेता तथा शैक्षिक सत्र २०७९ मा कक्षागत उत्कृष्ठता हाँसिल गर्ने विद्यार्थीहरुलाई प्रमुख अतिथि ठकुरीले नगद, मेडल तथा प्रमाणपत्रबाट सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा स्कूलका प्रिन्सिपल अन्जित कुमार श्रेष्ठले कार्यक्रमको औचित्यबारे प्रकास पार्नु भएको थियो भने प्रमुख अतिथि माननिय बिमल ठकुरी, वडा अध्यक्ष सुरज खड्का, बायोका सार्वजनिक शैक्षिक गुठिका अध्यक्ष महेश श्रेष्ठ, ब्यवस्थापन समिति अध्यक्ष बालकृष्ण श्रेष्ठ लगायतका वक्ताहरुले स्कूलद्वारा आयोजना गरिने यस प्रकारका कार्यक्रमहरुले विद्यार्थीहरुको चौतर्फी विकासमा टेवा पुर्याउने बिश्वास ब्यक्त गर्नु भएको थियो ।











प्रतिकृया दिनुहोस्